कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

लिबियामा कामदारको रुपमा गएका तिन नागरिकले नेपाल फर्किन अस्विकार

नेपालमा बेरोजगार भएर बस्न नसक्ने भन्दै लिबियामा कामदारको रुपमा गएका तिन नागरिकले नेपाल फर्किन अस्विकार गरेको फरेन इम्प्लोइमेन्ट एसोसिएसनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारि दिएको छ । लिबियामा रहेका १ हजार ७ सय ५२ नेपाली मध्ये १ हजार ७ सय ४७ जनालाई स्वेदश फर्काइएको जनाएको छ । लिबियाको मेस्रोटमा रहेको दुई जनालाई केही दिनमै नेपाल ल्याउने तयारी भइरहेको छ भने तीन जनाले नेपाल र्फकन नमानेको एसोसिएसनका सचिव नवराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार लिबियाको राजधानी त्रिपोलीमा रहेका चित्रबहादुर केसी, खड्गबहादुर मगर र ईन्जिनियर मिसान गुरुङले फर्किन मानेनन् । उनीहरुले नेपालमा बेरोजगार भएर बस्न नसक्ने भन्दै नेपाल फर्किन अस्विकार गरेको उद्धार टोलीमा रहेका केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले सरकार विरोधी आन्दोलन चर्किएको बहराइन र ओमनमा जोखिम न्यूनिकरणको लागि तत्काल योजना बनाइने बताउनुभयो । बैदेशिक रोजगार विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले मध्यपूर्वमा सुरु भएको राजनीतिक संकटबाट बच्ने पूर्व तयारी स्वरुप बहराइन र ओमनमा रहेका नेपालीहरुको तथ्याङ्क अपडेट गर्न सुरु गरिसकिएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com