मधेसी जनअधिकार फोरम नेपालकी सभासद् ललिता साहले दुई वर्ष अघि अपहरणमा परेका आफ्ना श्रीमानको अवस्था तत्काल सार्वजनिक नभए संसदमै आत्महत्या गर्ने चेतावनी दिनुभएको छ । संसदको बिहीबार बसेको बैठकमा सभासद् साहले दुई वर्ष अघि नै अपरहणमा परेका आफ्ना श्रीमानको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।
श्रीमानको अवस्थाबारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु पर्ने माग गर्दै सभासद् शाहले अन्यथा संसदमै आत्महत्या गर्ने बताउनुभयो ।
सभासद साहका श्रीमान् जितेन्द्र साह युवा फोरमको उपत्यका इन्चार्ज हुनुहुन्थ्यो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com