एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल सुकुम्बासी किसान संघले बर्दियाको राजापुरटप्पुस्थित जग्गा कब्जा गरेको छ । संघले राजापुर गाविस ३ मुरैयाका कृष्ण बासकोटा, दामोदर बासकोटा र श्रीधर सापकोटा तथा प्रयागपुर ७ का विनयध्वज चन्दका जग्गामा झण्डा गाडेर कब्जाको घोषणा गरेको हो । इलाका प्रशासन कार्यालय प्रमुख धर्मराज न्यौपानेका अनुसार संघले जग्गामा झण्डै पाँच सय झण्डा गाडेको हो । घटना थाहा पाएलगत्तै प्रहरी टोलीले जग्गामा गाडेको झण्डा हटाएको न्यौपानेले बताउनुभयो । माओवादीले भने आफूले जग्गा कब्जा नगरेको दावी गरेको छ । जग्गा कब्जा गर्ने कुनै नीति निर्देशन नभएकोले घटनामा पार्टीको संलग्नता नभएको माओवादीको भनाई छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com