कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सभासदहरुलाई गाली गर्नु बेकार -माओवादी नेता पोष्टबहादुर बोगटी


योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल - माओवादी नेता पोष्टबहादुर बोगटी 'प्रभाकर'ले सभासदहरुलाई गाली गर्नु बेकार भएको बताउनुभएको छ । बोगटीले नेताहरुले जे जे भन्छन् सभासदहरु त्यही त्यही गर्नुपर्ने बाध्यता भएको खुलासा गर्नुभएको छ । 

'संसद्को कार्य संचालन बडो अचम्मको हुँदोरहेछ । हामी ३ जना ठूला दलका प्रमुख सचेतकले हतार हतारमा जे जे योजना बनायो, सभामुख त्यही प्रक्रिया अनुसार संसद संचालन गर्नुहुन्छ ।' पार्टीको संसदीय दलका प्रमुख सचेतकसमेत रहेका बोगटीको भनाइ थियो : 'बिहान १० बजे आउनुस भने पनि उपस्थित भा'कै छन् राति ८ बजे आउनुस भने पनि आ'कै छन् । बिचराहरु, मलाई त बिचरा भन्न मन लाग्छ । बिचरा सांसदहरु ।'

पार्टी सचिव बोगटीले नेपालका हरेक आन्दोलनका मागहरुको संविधानमा सम्बोधन हुनुपर्ने बताउनुभयो । आधारभूत सहमति भएमा जेठ १४ भित्र संविधान जारी गर्न सकिने कुरा त बताउनुभयो तर समयसीमाभित्र जारी हुने कुराको ग्यारेन्टी दिन सक्नुभएन । 

एक फरक प्रसंगमा बोगटीले भन्नुभयो :'दुतावास वा कन्सुलर नहुँदा पोर्तुगलमा रहेका नेपालीहरुले समस्या झेल्नुपरेको कुरालाई म पार्टी र संसदमा गम्भीरतापूर्वक उठाउने छु ।' उहाँले थप्नुभयो : 'अधिकारसम्पन्न कुटनीतिक नियोगको लागि यथाशक्य छिटो पहल गर्ने  प्रतिवद्धता जाहेर गर्दछु ।' 

कार्यक्रममा अर्का वक्ता बेल्जियम जनप्रगतिशील मंचका सल्लाहकार विष्णु भुजेलले नेपालीहरुले जताततै दुखै दुख, जताततै पीडैपीडा सहनुपरेको उल्लेख गर्दै भन्नुभयो : 'यी सबै राजनीतिक कारणले भएका हुन ।' उहाँले विदेशमा समेत राष्ट्रगान गाउने नेपालीहरुलाई दोहोरो नागरिकता दिन हिच्किच्याउने नेताहरु नै भारतीय दलाल रहेको ठोकुवा गर्नुभयो ।  

अन्तरक्रियामा जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष सुरेन्द्र भुसाल, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य मकर हमाल, एनआरएन पोर्तुगलका अध्यक्ष लक्ष्मी सापकोटा, जनसम्पर्क समिति अध्यक्ष पूर्ण हमाल, एनडिएफ अध्यक्ष बालाराम बिक लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । होटेल डिप्लोमाटिको कास्टिलिओमा सम्पन्न कार्यक्रममा मंचका अध्यक्ष राम गौचनको अध्यक्षता, उपाध्यक्ष राममणि रिजालको स्वागत र महासचिव शेरसिंह ठकुरीको संचालन रहेको थियो । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com