पंकाश सापकोटा
पर्वत १६ चैत्र
पर्वतको सदरमुकाम कुश्मामा फेन्सी व्यापार गर्दै आएका एक व्यापारीलाई भारतीय सेना वताउने तीन व्यक्तीले तुलसीराम लामिछानेलाई वुधवार साझ मरणासन्न हुने गरी कुटपीट गरेका छन् ।
लामिछानेलाई शिवालय बस्ने भारतीय सेनामा कार्यरत टेक बहादुर मल्ल, हरी मल्ल र राजीप मल्लले कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । वाग्लुङ्ग पैयँुपाटा घर भई पर्वत सदुरमुकाम कुश्मामा व्यापार गर्दै आएका तुलसीराम लामिछानेलाई कुटपीट गरेका हुन् ।
उनीहरुले फोन गरी काम छ भन्दै बोलाएर गोप्य कोठामा थुनेर आफुलाई पिटेको लामिछानेले बताए । उनको टाउको, छाति र आँखामा गम्भिर चोट लागेको छ । घाईते लामिछानेको अवस्था गम्भिर भएको र उनको उपचार जिल्ला अस्पताल पर्वतमा भइरहेको छ ।
उता प्रहरी नियन्त्रणमा रहेका उनिहरुले फोन मामलाका कारण घटना घटेको प्रहरीसँग बताएका छन् ।
उता जिल्ला अस्पताल पर्वतका अनुसार लामीछानेलाई पोखरा रिफर गर्नुपर्ने बताएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com