पर्वतको ग्रामिण क्षेत्र लुंखुदेउरालीमा रहेको विकासका लागि वातवारणीय संस्था इन्प्रेड नेपाल को दुई तले पक्की भवनमा गएराती आगालागि भएको छ । विद्युत सट भई आगालागी हुँदा करिव १ करोड बराबरको क्षति भएको छ । संस्थाका सामाग्री सँगै उक्त कार्यालयमा राखिएको सुपथ मुल्यको सहकारी पसलमा विकि्रका लागि राखिएका रासयनिक मल विउ विजन तथा अन्य किराना सामाग्रीहरु जलेर २० लाख बराबरको क्षति भएको छ भने सोही भवन भित्रै रहेको विश्वास वचत तथा ऋण सहकारी संस्थाका सामाग्रीहरु समेत जलेर नष्ट भएका छन् ।
लुंखुदेउरालीका स्थानीयबासी संँगै छिमेकी गाविसका बासिन्दाहरुको सहयोगमा तत्काल आगो नियन्त्रण गर्ने प्रयास गरिएपनि अन्तिम समय सम्म नियन्त्रणमा आउन नसकेको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिए । अहिले २ सय भन्दा बढी स्थानीबासीहरु नियन्त्रणको प्रयासमा जुटेको जानकारी दिइएको छ ।
सदरमुकामको प्रत्यक्ष सम्बन्धबाट बिाचत उक्त स्थानमा घटना घटेपछि प्रहरीलाई खबर गरेपनि आगालागी भएको एक घण्टा वितिसक्दा सम्म प्रहरी आइनपुगेको पौडेलले बताए । संस्थाले २०६० सालमा १० लाखको लागतमा भवन निर्माण गरेको थियो । टिनको छाना भएकाले आगो तत्काल नियन्त्रणमा आउन नसकेको हो । संस्थामा रहेको नगद विवरणको क्षति भने यकिन भइसकेको छैन ।
बाट:धौलाश्री

No comments:
Post a Comment
kushmabajar.blogspot.com