कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दी जिल्ला शाखाले बिरामीलाई फलफुल वितरण

चन्द्रश्वर बस्ताकोटी
नेपाल पत्रकार महासंघको ५६ औ स्थापना दिवसको अवसरमा म्याग्दी जिल्ला शाखाले बुधबार जिल्ला अस्पताल म्याग्दीका बिरामीलाई फलफुल वितरण गरेको छ ।
अस्पतालमा रहेका १५ विरामीलाई दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नागरिक समाजका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, महासंघ म्याग्दीका अध्यक्ष सुरज केसी, अस्पतालका विमल श्रेष्ठ लगाएतका सहभागि सञ्चार कर्मीले विरामीलाई फलफुल वितरण गरेका थिए ।
सोही अवसरमा महासंघ म्याग्दीका सचिव हरिकृष्ण गौतमले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । यसबर्ष महासंघ स्थापनाका दिवसको नारा शान्ति,सहमति र संविधान नेपाल पत्रकार महासंघको अभियान भन्ने नारा तय गरेको छ ।एनसिएलको धौलागिरीमा क्याम्पीङ्ग अफर
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ १६ चैत्र
व्यापार प्रवद्र्धन तथा ग्राहक बृद्धिका लागि एलसेल मोवाईलले धौलागिरीमा क्याम्पीङ्ग  अफर संचालन गरेको छ ।
धौलागिरी क्षेत्रमा ग्राहकहरु बढाउने उद्धेश्यले चैत महिनाको शुरुवातदेखि विभिन्न सुविधाहरु थप गरेको हो । सस्तो शुल्कमा सिम सहित सेट, बोनस र विभिन्न उपहारहरु दिन थालेको छ ।
म्याग्दी, पर्वत, बाग्लु्ङ्गर गण्डकी अञ्चलमा समेत अफर योजना संचालन गरेको हो । मोविलन, डिजीटेक, सेटलाईट, ओम सोलुसन, आइएमइ सिएम टे«्डिङ्ग मार्फत यस क्षेत्रमा सिमकार्डहरु बिक्रिवितरण भैरहका छन् । हरेक डिलरका शाखाहरु तीनवटै जिल्लामा संचालनमा छन् ।
धौलागिरीका तीन जिल्लामा मात्रै दुई दर्जनभन्दा बढि डिलरहरु मार्फत एनसिएलको विक्रि भैरहेको विक्रेताहरु बताउँछन् । ग्राहकलाई ९९ रुपैयामा सिम खरिद गरेमा ३२ रुपैया थप बोनस, स्यामश्वेत सहित खरिद गरेमा ९७ रुपैया बोनस प्रदान गरेको छ । त्यस्तै रङ्गिन मोवाईल सेट र सिमकार्ड १ हजार १ सय ९९ रुपैयामा वितरण गरेको छ ।
 २०६४ मंसिरदेखि धौलागिरीमा यसको सेवा संचानमा आएको हो । यस क्षेत्रमा नेपाल टेलीकमबाट वितरीत नमस्ते तथा पोष्पेड भन्दा एनसिएलका प्रयोगकर्ताहरु बढि रहेको व्यावसायिहरुको दावी छ ।
यद्यपी यकिन विवरण भने पत्ता नलागेको बताएका छन् । सिम र सेट निशुल्क, विभिन्न उपहारहरु र अन्य भन्दा भरपर्दो नेटवर्क र अन्य देशहरुमा फोन गर्दा निकै सस्तो शुल्क लाग्ने भएकाले यसप्रति ग्राहकहरुको आकर्षण ह्वात्तै बढेको बिकेताले बताएका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com