नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले माओवादी शान्तिप्रक्रियाप्रती इमान्दार नबनेकोले देश संकटमा परेको बताउनुभएको छ । प्रेस युनियनले विहीबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले यस्तो बताउनुभएको हो । सेना समायोजन विशेष समितिका सदस्यसमेत रहेका डा. महतले माओवादीको सम्झौताविपरीत अडानले मुलुकलाई थप द्वन्द्वमा धकेन्नुका साथै शान्तिप्रक्रिया र संविधान लेखन कार्यमा जटिलता थपिएको दाबी गर्नुभयो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com