कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्बत मा छात्र भन्दा छात्रा हरु बढी एस .एल.सी परिक्षा मा सहभागी

प्रकाश सापकोटा
पर्बत समाचार दाता
 फलामे ढोका मानिएको २०६७ को एस .एल.सी परिक्षा यहि १० गते बाट हुने संचालन को तयारी अन्तिम अबस्थामा पुगेको जिल्ला शिक्षा कार्यालय पर्बत लोए जनाएको छ |एस .एल.सी परिक्षा लाई मर्यादित ढङ्ग बाट संचालन गर्न को लागि सम्बन्धित सरोकार बाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ |
शिक्षक,बिद्यार्थी ,सुरक्षा निकाय का प्रमुख  संचारकर्मी ,क्रियाशील राजनीतिक दल का प्रतिनिधि हरु बीच अन्तरक्रिया कार्यक्रम भएको थियो |
        छलफल पछि परिक्षा  लाई मर्यादित र स्वच्छ बनाउन का लागि सम्पूर्ण अभिभाबक बिद्यार्थी र शिक्षक बीच मा समन्वय बढाई चिट चोर्ने परिपाटीको अन्त्य गर्न का लागि परिक्षा अबधि भर केन्द्र वरपर बस्ने परिपाटी अन्त्य को लागि र केन्द्र भित्र देखिने चिट को नियन्त्रण तथा कारबाही अगाडी बढाउने सहमत भएका छन् | परिक्षा मा चिट चोर्ने ,चोराउने र केन्द्र बाहिर बसेर हो हल्ला गर्नेको तस्बिर समेत खिचेर सार्बजनिक गरिने भएको छ | जिल्ला का ८२ केन्द्र मा नियमित तर्फ ३ हरर ८ सय ५३ जना रहेको छन् जसमा नियमित तर्फ १७ सय २८ जना छात्रा र १५ सय ४४ जना छात्र रहेका छन् | त्यसै गरि एकजम्तेड तिर ५ सय ८० जना रहेका छन् |

     यस वर्ष पर्बत मा छात्र भन्दा छात्रा हरु बढी एस .एल.सी परिक्षा मा सहभागी रहेका छन् | 

No comments:

Post a Comment

kushmabajar.blogspot.com