जिल्लाको उत्तरी गाविस भुकताङलेमा चैतेदसैँ पर्वको अवसर पारेर पाँच दिने मेलाको आयोजना गरिने भएको छ । भुकताङले गाविसमा रहेका पर्यटकीय क्षेत्रको विकास गरी यस क्षेत्रको आर्थिक विकास गर्ने उद्देश्यले स्थानीय पिपल चौतारी युवा क्लबको आयोजनामा चैत्र २८ देखि वैशख २ गतेसम्म मेला आयोजना गरिनलागेको हो ।
प्रसिद्ध अन्नपूर्ण पदयात्राको पवेशद्वारको रुपमा रहेकाले मेलाले पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताइएको छ । भुकताङले गाविसमा भएका पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलको प्रचारप्रसार गर्नका लागि मेला सफल हुने आयोजक समितिका सचिव जगतबहादुर मल्लले बताउनुभयो ।
भुकमा महत्वपूर्ण धार्मिकस्थल भैरवस्थान र भुरुङकोटदेखि हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र भएर दैनिक सयाँै पर्यटक अन्नपूर्ण पदमार्गमा पर्ने घारेपानी, पुनहिल र घान्द्रुक तथा अन्नपूर्ण वेस क्याम्पमा जाने गर्दछन् । चैते देसैँ मेलामा उक्त क्लबले भलिबल, छेलो, रसी तान्ने, बोरा दौड, घैँटो फुटाउनेलगायतका कार्यक्रम गर्ने सचिव मल्लले जानाकारी दिए । यसैबीच मेला सफल पार्न मानकाजी गुरुङको संयोजकत्वमा ४५ सदस्यीय मेला मूल आयोजक समिति गठन गरिएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com