भारतको राजधानी नयाँ दिल्लीमा एक २५ वर्षिया नेपाली युवती झुण्डिएको अवस्थामा फेला परेकी छन् । प्रहरीले उनले आत्महत्या गरेको बताए पनि 'सुसाइड नोट' भने फेला परेको छैन । उक्त घटना उत्तरी दिल्लीको आनन्द पर्वतस्थित बाबर फरिदपुर क्षेत्रमा भएको प्रहरीले बताएको छ। बिन्दु नाम गरेकी ती महिला सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
बिन्दु आफ्ना साथी दीपक, उनकी पत्नी र बच्चाहरुसित विगत तीन महिनादेखि बसिरहेको र बिन्दु र दीपकको झगडा नै उनको मृत्युको कारण हुनसक्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै एक समाचार एजेन्सीले जनाएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com