कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

खनालले गृह मन्त्रालय माओवादीलाई दिन नसके पदबाट राजिनामा दिने

प्रधानमन्त्री झलनाथ खनालले गृह मन्त्रालय माओवादीलाई दिन नसके पदबाट राजिनामा दिने बताउनु भएको खुलन आएको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकमा एमाले अध्यक्ष समेत रहनुभएका खनालले आफुले माओवादीलाई गृहमन्त्रालय दिने वचन दिइसकेको भन्दै वचन पुरा गर्ननसके पदमा बसिनरहने बताउनु भएको स्रोतले बताएको छ।
खनालले आफ्नो वचन पुरा गर्न पार्टी भित्रबाट सहयोग आवश्यक रहको बताउनु भएको बुझिएको छ । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षधरले माओवादीलाई गृह मन्त्रालय नदिन प्रधानमन्त्रि खनाललाई दबाब दिँदै आउनुभएको छ ।
गृह मन्त्रालय माओवादीलाई दिने/नदिनबारे विवाद भएपछि बैठकले आज पनि सरकारमा सहभागी हुने मन्त्री छनोट गर्न सकेन । एमाले अध्यक्ष खनाल गत माघ २० गते प्रधानमन्त्रीमा निर्बाचित भए पनि सरकारले अझै पूणता पाउन सकिरहेको छैन ।
एमालेका तर्फाट विष्णु पौडेल, भरतमोहन अधिकारी र गंगालाल तुलाधर मात्र मन्त्री हुनुहुन्छ । सत्ता साझेदार माओवादीसँगको सहमतिअनुसार एमालेले अझै ५ जना मन्त्रीहरुको टुङ्गो लगाउने छ ।
यसैबिच एमाललेको आज सम्पन्न बैठकले पाटि अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारलाई नै राष्ट्रिय सरकारको रुप दिन पहल गर्ने निर्णय गर्दै बरिष्ठ नेता माधव नेपाललको संयोजकत्वमा ५ सदस्यिय बार्ता टोली गठन गरेको छ । आज पार्टी मुख्यालय , बल्खुमा बसेको स्थायी समिति बैठकले सरकारमा सहभागी हुने थप मन्त्रिहरुको नाम भने टुङ्खो लगाउन सकेन । यो पहललाई र्सार्थक रुप दिनका लागि उसले अन्य दलसँग वार्ता गर्ने पनि जनाएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com