कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतका सबै बिद्यालयमा पाँच बर्ष भित्रमा पुस्तकालय


गणेश पौडेल
पर्वत । पर्वत जिल्लाका सबै सामुदायीका बिद्यालयहरुमा पाँच बर्षभित्रमा पुस्तकालय पुर् याउने लक्ष्य सहित ुएक बिद्यालय एक पुस्तकालयु अभियान शुरु भएको छ । जिल्लाको फलेबासमा रहेको मोदी सामुदायिक पुस्तकालयको अगुवाईमा जिल्ल्ााका ३ सय ३६ बिद्यालयमा आगामी पाँच बर्षमा पुस्तकालय निर्माण गर्न अभियान शुरु गरिएको हो ।
पर्वतमा अहिले ३ सय ३६ बिद्यालय मध्ये १ सय ३३ बिद्यालयम पुस्तकालय रहेका छन भने तीन गाउँ बिकास समितिमा मात्र सामुदायिक पुस्तकालय रहेका छन । बाँकी १ सय ९७ बिद्यालयमा पुस्तकालय खोल्न दातृ निकाय जिल्ला बिकास समिति जिल्ला शिक्षा कार्यालय गाउँ बिकास समिति स्थानिय तथा राष्ट्रिय गैह्रसरकारी संस्था र बिदेशमा रहेका नेपालीहरुका बिचमा अभियान शुरु गरिएको हो ।
एक बर्षमा कम्तीमा ४० बिद्यालयमा पुस्तकालय स्थापना गर्ने लक्ष्य राखिएको मोती पुस्तकालयका अध्यक्ष भोलानाथ शर्माले जानकारी दिनुभयो । एउटा पुस्तकालय खोल्न कम्तीमा २ लाख ७० हजार रुपैया खर्च हुने र करिब २ सय पुस्तकालयका लागि ५ करोड ९७ लाख रुपैया सहयोग जुटाउने लक्ष्य राखिएको मोती पुस्तकालयका अध्यक्ष भोलानाथ शर्माले जानकारी दिनुभयो । बिदेशमा रहेका नेपालीहरुका बिचमा एउटा बिद्यालयमा एउटा पुस्तकालय स्थापना गर्न सहयोग जुटाउन अपिल गरिएको र अमेरिका कोरिया र क्यानाडामा नेपालीहरुले रकम संकलन समेत शुरु गरिसकेको उहाँले बताउनुभयो । ुगाउँका आमा समुह देखि बिदेशमा रहेका नेपाली सम्म लागेर पुस्तकालय बनाउने अभियान शुरु गरेका हौ ।ु उहाँले भन्नुभयो -ुजिल्ला बिकास समितिले बार्षिक कार्यक्रमकै रुपमा यसलाई अघि बढाउने सहमति गरेको छ र बिदेशमा पनि रकम संकलन शुरु भएको छ ।ु

No comments:

Post a Comment

kushmabajar.blogspot.com