कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जातिय विभेद अन्त्य गर्न सरोकारवालाहरु को माग

हरिस्चन्द्र भारती बुटवल (कुश्माबजार)समाचारदाता 
जातिय विभेद कायम रहँदासम्म सामाजिक सहअस्तित्वको विकास नहुने भएकाले विभेद अन्त्य गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
४६ औं अन्तर्राष्ट्रिय जातिय तथा रङ्गभेद उन्मुलन दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित २१ मार्च र नेपालका दलित समुदाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले समतामुलक समाजबिना मुलुककै विकास सम्भव नहुने भन्दै जातिय छुवाछुतलाई ब्यावहारिक रुपमै उन्मुलन गर्न राज्यसँग माग गरेका हुन् ।
उनीहरुले मुलुक गणतन्त्रमा प्रवेश गर्दा समेत जातको आधारमा विभेद कायम रहनु लज्जास्पद भएको भन्दै अझै पनि विभेद रहे संघर्षमा उत्रने चेतावनी दिएका छन् ।  दलित महिला संघ र नेपाल दलित विद्यार्थी मंच रुपन्देहीको आयोजनामा भएको कार्यक्रमा बोल्दै दलित अधिकारकर्मीहरुले सबै खाले विभेदको अन्त्यका लागि अब बन्ने संविधान दलितमैत्री हुनुपर्नेमा जोड दिएका थिए । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com