कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

एकीकृत नेकपा माओवादीको मजदुर संगठन तीन चिरा


एकीकृत नेकपा माओवादीको मजदुर संगठन तीन चिरा हुने भएको छ ।
अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उपाध्यक्ष मोहन वैद्य समुहले एक अर्कोलाई कारवाही गरेको भन्दै छुट्टै-छुट्टै मजदुर संगठनको घोषणा गरेपछि अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षपनि छुट्टै भेला बोलाएका छन् । संगठनमा देखिएको विभाजन रोक्न दबाब अभियान सञ्चालनका लागि भन्दै भट्टराई निकटका लालध्वज नेम्वाङ सुमहले शुक्रबार राजधानीमा छुट्टै भेला बोलाएको हो ।
‘हामीले भोली राजधानीमा प्रतिनिधीमुलक साथीहरुलाई बोलाएका छौं’ अनलाइनखबरसँग कुरा गर्दै नेम्वाङले भन्नुभयो-’हाम्रो उद्देश्य भनेको संगठनमा देखिएको टुटफुट अन्त्यका लागि दबाब अभियान सञ्चालन गर्ने हो ।’ पार्टी उपाध्यक्ष भट्टराईलाई प्रमुख अतिथीका रुपमा बोलाइएको उक्त कार्यक्रमले दबाब अभियान सञ्चालनको कार्यविधी तय गर्नेछ ।
नेम्वाङ समुहले दुबै समुहलाई विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ । तर शालिकराम जम्मरकट्टेलको नेेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने पार्टीको निर्णय भने आफुहरुलाई मान्य नहुने नेम्वाङले बताउनुभयो ।
उहाँले भन्नुभयो-एकमाना, नोकरशाही तरिकाले संगठन चलाउनेले हाम्रा फरक मतलाई ल्याउन दिँदैन । त्यसले शालिकरामको नेतृत्व हामीलाई स्वीकार्य हुँदैन ।’ भट्टराई निकटको नेतृत्व गरेका नेम्वाङ अखिल नेपाल टे्रड युनियन महासंघका उपमहासचिव हन् भने सचिव रमेश पन्त पनि नेम्वाङ समुहमा छन्

No comments:

Post a Comment

kushmabajar.blogspot.com