जिल्ला प्रहरी कास्कीले लागुऔषध बेचविखनमा संलग्न २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार विहानमात्रै उनीहरुलाई करिब ३ लाख बराबरको लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्सा ९ अर्थासपुरका २१ वषिर्य राजेश ठाकुर र विरगंज वडा नं. २ की ४२ वषिर्या फात्मा खातुन रहेको प्रहरीले जानकारी दिएको छ ।विरगंजबाट पोखरा आएको यात्रुबहाक बसबाट उत्रिदैँ गरेका उनीहरुलाई विशेष सुराकीको आधारमा खानतलासी गर्दा प्रहरीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विहिबार विहान ४ बजे वडा प्रहरी कार्यलय बगरका प्रहरी निरिक्षक भुवनेश्वर तिवारी सहितको टोलीले उनीहरुलाई पक्राउ गरि लागुऔषध बरामद समेत गरेको छ ।
प्रहरीले खातुनको साथबाट ९४ ग्राम खैरो हिरोईन र ठाकुरको साथबाट नफिर्न ४ पिस, र्डाईजापाम ४ थान, नाईट्रोसन ट्याब्लेट बरामद गरेको छ । कानुनतः लागुऔषधको कारोबार गर्ने व्यक्तिहरुलाई १५ वर्षसम्म कैद र ७५हजार देखि २ लाख रुपैया सम्म जरिवाना हुने व्यवस्था छ । उनीहरुलाई लागुऔषध नियमअनुसार अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठाकुर र खातुनले ३ वर्षगाडी देखि नै लागुऔषध बेचविखनमा संलग्न भएको पाईएको छ । उनीहरुले भारत रक्सौल डकेन हस्पिटल रोड बस्ने प्रमोद राकेश संग लागुऔषधको खरिद गरि महिलाहरुलाई बोकाई ओसार पसार गर्ने गरेका थिए । यसरी अवैध लागुऔषधको कारोबार गरि पोखराका विभिन्न व्यक्तिहरुलाई बेच्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com