सरकारले पूर्णता नपाउँदै सत्तारुढ दल एमाले नेता केपी ओलीले आफ्नै दलका प्रधानमन्त्री झलनाथ खनालको कार्यशैलीको अलोचना सुरु गरेका छन् ।
उनले मंगलवार पर्वत सदरमुकास्थित सामुदायिक रेडियो दिदीबहीनीको बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै भने, 'प्रधानमन्त्रीको सुस्तताले सरकारले पूर्णता पाउन नसकेको हो ।'
नेता ओलीले यस्तै गतिमा प्रधानमन्त्रीले कार्य गर्ने हो भने संविधान निर्माणको कार्य धरासयी बन्दै जाने औंल्याए । 'मेरै पार्टी अध्यक्ष प्रधानमन्त्री छन्, उनले खनालप्रति व्यग्य गर्दै भने, 'सरकार गठन गर्नमै महिना दिन वित्छ भने संविधान निर्माण चाही कहिले होला ।'
ओलीले माओवादीलाई मन्त्रीका लागि नाम पठाउन माग गरेपनि चारओटा मन्त्रीको नाम दिन एक महिना कुर्नु परेको बताए । 'माओवादीलाई मन्त्रीमा जानेको नाम देओ भन्यो प्रतिक्रियावादी भनि हाल्छन' उनले भने, 'मओवादीकै कारण सरकारले पूर्णता नपाएको कुरा चांही थाहा रहेनछ ।'
No comments:
Post a Comment
kushmabajar.blogspot.com