प्रकाश सापकोटा
निवृत्त शिक्षक समाज, पर्वतले पर्वत जिल्लाका २० विद्यालयमा संचालन भईरहेको शैक्षिक पहँुच वृद्धि कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयलाइ दिईने प्रोत्साहन रकम रु.१३५००।– बाट वि.पी. स्मृति प्रा.वि. मुडिकुवाका २० जना विद्यार्थीलाई एक कार्यक्रम विच निवृत्त शिक्षक समाज पर्वतका अध्यक्ष बाबुराम सुवेदीले पोशाक वितरण गर्नुभयो । उक्त कार्यक्रमको संचालन कोषाध्यक्ष एकनारायण चालिसे, स्वागत प्र.अ. गंगा कुमारी शर्मा धन्यवाद ज्ञापन शिक्षक पिताम्वर तिवारी र मन्तव्य अभिभावक दयालाल भुषाल र शिक्षीका पार्वती भुषालले दिनुभएको थियो । अभिभावक मोतिप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा १–३ सम्मका निम्नलिखित २० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको थियो ।
-प्रतिक्षा सापकोटा
-सुरेश लमिछाने
-सृजना गौडेल
-अनिल क्षेत्री
-सुरक्षा भुषाल
-आशिष सापकोटा
-सुदिप गौडेल
-सुमन गौडेल
-सन्दिप गौडेल
-शान्ति भुषाल
-इश्वर भुषाल
-अभिषेक क्षेत्री
-सुमन वि.क.
-लक्ष्मी वि.क.
-गोपाल नेपाली
-नारायण सापकोटा
-सबिता नेपाली
-सविता नेपाली
-बावुराम सापकोटा
-शान्ति नेपाली
निवृत्त शिक्षक समाज पर्वतले पर्वतमा कार्यक्रम लागु भएका २० विद्यालयमा पोशाक, शैक्षिक सामग्री, खेलकुद सामाग्री,बालक्लव संचालन गरिव र दलित विद्यार्थीलाई प्रोत्साहन गर्ने गरी सन् २०१० मा २७००००। दुईलाख सत्तरी हजार प्रोत्साहन रकम वितरण गरिसकेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com