कास्कीमा मंगलबार भूकम्पको धक्का महशुस गरिएको छ । कास्कीको लाहाचोक गाविस आसपास केन्द्र बनाएर आज बिहान चार रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि फागुन २८ गते पनि सोही क्षेत्र केन्द्र बिन्दु बनाए १२ घण्टाको अवधिमा भूकम्पका तीन धक्का महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर २३ मिनेटको समयमा भूकम्प गएको थियो ।
पोखरा र आसपासका गाविसमा आज फेरी भूकम्पको धक्का महशुस भएको पोखरा स्थित सहकर्मीले जनाएका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com