गुल्मी जिल्ला समाज यु.के.का प्रतिनिधिहरुले गुल्मी जिल्लाका विभिन्न स्थानहरुमा आर्थिक सहयोग उपलब्ध गराएको छ । गुल्मी जिल्ला समाज यु.केका अध्यक्ष ओम थापाको नेतृत्वमा आएको टोलीले तम्घासमा रहेको आशा अपाङ्ग केन्द्र, धुर्कोट बस्तुको नेपाल रेडक्रसको उपशाखा, शान्तिपुर, हरेवा लगायतका स्थानमा आर्थिक सहित एम्बुलेन्स संचालनका लागि सहयोग उपलब्ध गराएको हो ।
टोलीले बेलायतमा रोजगारीका लागि गुल्मीबाट गएका गुल्मेलीहरुसंगबाट विभिन्न माध्यमबाट संकलन गरेको आर्थिक रकम मध्ये जिल्ला भरका अपाङ्गहरुलाई सहयोग पुर्याउने गरी २ लाख ५० हजार नगद, गुल्मीका सम्पूर्ण पश्चिमी क्षेत्रका सर्वसाधरणलाई सहयोग पुग्ने गरी एम्बुलेन्स, शान्तिपुरका अपाङ्ग एवं असाहाय परिवारको सहयोगका लागि १ लाख ५० हजार, नगद र हरेवा गाविसका झापक प्राथमिक विद्यालयलाई समेत आर्थिक सहयोग उपलब्ध गराएको छ । समाजले उपलब्ध गराएको एम्बुलेन्स गुल्मी जिल्लाको पश्चिमी क्षेत्रमा संचालन हुने पहिलो एम्बुलेन्स भएको छ । जिल्लामा एक दर्जन एम्बुलेन्स संचालन भएपनि पश्चिम क्षेत्रका २८ गाविसका सर्वसाधरणलाई सेवा पुग्ने गरी गुल्मी जिल्ला समाज यु.केले पहिलो एम्बुलेन्स उपलब्ध गराएको हो ।
समाजको आर्थिक सहयोग टोलीमा समाजका सल्लाहकार मोती भण्डारी, सह कोषाध्यक्ष अर्जुन गौतम लगायतको टोली सहयोग हस्तान्तरणका लागि शान्तिपुर पुगेको छ । यस अघि समाजले शान्तिपुरमा रहेको चन्द्रकोट क्याम्पसलाई १० लाख नगद सहयोग गरेको थियो भने समाजकै सहयोगमा गत वर्षदेखि गुल्मीकै जोहाङ्गमा एउटा एम्बुलेन्स उपलब्ध गराएको थियो । रोजगारीका लागि विदेशी भुमिमा पुगेपनि जन्मभुमी प्रतिको माया र समाजका लागि केही सहयोग गर्नुपर्छ भन्ने सेवा भावका साथ बेलायतमा बस्ने गुल्मेलीहरुले संकलन गरेको रकम समाजका गरिब, असहाय, अपाङ्गलाई सेवा पुग्ने गरी उपलब्ध गराएको गुल्मी समाज यु.के.का अध्यक्ष ओम शर्माले बताउनु भयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com