दुइ दशक पहिले निर्माण भएका झोलुङ्गे पुलहरु मर्मत हुन नसक्दा र्सवसाधारण हरु जोखीमपुर्ण यात्रा गर्न वाध्य भएका छन् ।
जिल्लाको चुवा गाविस स्थित दोविल्ला दोबिल्लादेखि — तिलाहारको गिज्यान जोड्ने काठे पुल जिर्ण बन्दै गएपछी र्सवसाधरणले सास्ती खेप्नु परेको हो । काठले बनेको उक्त पुल प्वाल परेको र कुइसकेको छ भने साना तारहरु चुडिएका छन् । राम्जा, ठुलिपोखरी, पिपलटारी, पकुवा, खौलालाँकुरी, तिलाहार आदी गाबिसका र्सवसाधारणहरु सदरमुकाम आउने जाने पुल को अबस्थानै यस्तो भएपछि र्सवसाधरणहरु जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका हुन् ।
आवतजावतका लागि अरु विकल्प नहुँदा यहि पुलको बाटो प्रयोग गर्नुपर्ने स्थानियबासी रामकृष्ण लामिछानेले बताउनुभयो । पुलको समस्या सदरमुकाम आवाज जावत गर्ने र विद्यार्थीले पनि भोग्नु परेको छ । जिर्ण अवस्थामा रहेको पुलमा यात्रा गर्दा विद्यार्थीहरुको खुट्टा खस्ने, चप्पल बगाउने,र पुस्तक समेत खस्ने गरेको छ । पुल जोखीमपुर्ण भएकाले विद्यार्थीहरु विद्यालय जान समेत नमान्ने गरेको शिक्षिका सिता पौडेलले बताउनुभयो । विगत १५ बर्षपहिलानै मर्मत गर्नुपर्ने भएपनि अहिलेसम्म मर्मत हुन नसकेको पौडेलको भनाई छ ।
सोहि ठाउँ नजिकै रहेको पुल खोलाले बगाएपछि त्यहिँ पुलको लठ्ठालाई सारिएर २०३८ सालमा काठको पुल निर्माण गरिएको थियो । सो लठ्ठालाई धेरै पहिला बोकेर बुटबलबाट ल्याइएको हो । २०३८ सालमा निर्माण गरिएको पुल यसरी जिर्ण हुदा समेत पनि उचित संरक्षण हुन नसकेको स्थानीय ६५ वषिर्य इन्द्र बहादुर क्षेत्रीले बताउनुभयो । दैनिक पाँच हजार भन्दा बढि आवातजावत गर्ने पुल मर्मतका लागि स्थानीयवासीहरुले सम्वन्धीत निकायसँग माग गरेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com