करिब नौ महिन अघि प्यारडाइज कम्पनीबाट लिविया पुगेका पर्वतको थापाठानाका ४ युवाहरु अलपत्र परेका छन । थापाठाना ८ का ओम भण्डारी विनोद भण्डारी युवराज भण्डारी र थापाठाना ७ ईश्वर बहादुर थापा अलपत्र परेका हुन् । उनीहरुले आफुहरुले धेरै सास्ती खेप्नु परेको टेलीफोनमार्फत जानकारी दिएका छन् ।
राजधानी त्रिपोलीमा रहेको एक कम्पनीमा काम गर्ने ओम भण्डारिलॆ जानकारि दिए अनुसार त्यतिबेला बाहिर निस्कीने अवस्थ पनि नभएको र साथमा पैसा पनि नभएपछि भोकभोकै बस्ने अवस्थ आयो शौचलायको पानीबाहेक अरु खानेकुरा खान नपाएको गुनासो छ । उनीहरु अलपत्रमा परेको उनीहरुको खवरले गाउभरि नै रुवाबासी भएको कृष्ण केसीले बताउनुभयो ।
अलपत्रमा परेका उनीहरुको आफ्न्ताजनले सकुशल उदार गरिदिन सम्वन्धित निकायसँग आग्रह गरेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com