कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मजदुर विवादले दाहाल-वैद्य दूरी बढ्यो


 गोरखाको पालुङटार बैठकमा एक भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच मजदुर संगठनको विवादका कारण दूरी बढेको छ ।
दाहाल पक्षका मजदुर संगठनका अध्यक्ष शालिकराम जमरकट्टेल र वैद्य पक्षका बद्री बजगाईंबीच चर्को विवाद र विभाजनपछि दुई पक्षबीच दूरी बढेको हो ।
मंसिर पहिलो साता पालुङटारमा 'जनविद्रोहलाई मुख्य कार्यदिशा' बनाउने बेला एक ठाउँमा उभिएका दाहाल र वैद्य माघ तेस्रो साता मजदुर संगठनको विभाजनपछि टाढिन थालेका छन् । स्रोतअनुसार वैद्यले दाहाललाई पटकपटक अखिल नेपाल टे्रड युनियनका अध्यक्ष जमरकट्टेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो पक्ष (बद्री) लाई पनि उचित जिम्मेवारी दिन आग्रह गर्दै आएका छन् । माओवादीको शक्तिशाली संगठनमा लामो समयदेखि कब्जा जमाउँदै आएका जमरकट्टेलको कार्यशैली अझै सुधार नभएको वैद्यको आरोप छ ।
'मजदुरको विवाद मिलाउन नसक्दा दुई नेताको एकता हो कि होइन भन्ने प्रश्न उठेको छ,' वैद्य निकट एक नेताले भने, 'वैद्यले पटकपटक गरेको आग्रह अध्यक्ष प्रचण्डले सुन्नु भएको छैन ।' दाहाल र वैद्य पक्षका मजदुरबीच चर्को विवाद छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com