पूर्वी पाल्पाको गल्धा गाविसमा मंगलबार ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । लु २ त १८१७ नम्बरको दाउरा लिएर रामपुरतर्फ जाँदै गरेको ट्याक्टरको छतमा रहेका गल्धा–४ पोखराथरका १५ बर्षे बालक लालबहादुर ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको हुटमा रहेका ठाडा सडकमा खस्दा सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टरको गति तिब्र भएको र उछिट्टिएर सडकमा खस्दा गल्धा–८ को हटियामा उनलाई किचेको प्रहरीले जनाएको छ । छाती र छाउकोमा चोट लागेका ठाडाको शब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रामपुर लगिएको छ । चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक डम्बर सिंह थापाले बताए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com