मानसिक सन्तुलन गुमाएकी महिलाले हर्दिनेटा गाविसमा आपmनै छोराको हत्या गरेकी छन् ।
हर्दिनेटा-६ काभ्रेडाँडाकी लक्ष्मी भन्ने विष्णु अर्यालले आफ्नो एक मात्र १६ वषिर्य छोरा चन्द्रकान्त अर्यालको घाँटीमा डोरी बाँधेर हत्या गरेकी हुन् । हत्या बिहीबार विहान गरेको भए पनि स्थानीय बासिन्दाले शुक्रवार विहान मात्र घरमा मृत अवस्थामा छोरालाई फेला पारेका थिए । मृतक स्थानीय विद्यालयमा कक्षा ७ का विद्यार्थी हुन् ।
पाँच वर्ष देखि मानसिक सन्तुलन गुमाएकी लक्ष्मीका अन्य छोराछोरी कोही छैनन् । श्रीमान्ले पटक पटक उपचारका लागि भारतमा लगेपनि निको नभएपछि आमा र छोरालाई घरमै राखेर बाबु रोजगारीका लागि भारत गएको आफन्त जिवलाल अर्यालले बताए ।
प्रहरीले आमा लक्ष्मीलाई पक्राउ गरी थुनामा राखेको छ । महिला केही नबोलेकोले थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले बताए
No comments:
Post a Comment
kushmabajar.blogspot.com