गणेश पौडेल
पर्वत चैत ४ गते । म्याग्दीको बेनीबाट पोखरा तर्फ आउँदै गरेको यात्रुबहाक बस आज दिउँसो पर्वतको शिवालय ९मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २० यात्रु घाइते भएका छन । मृत्यु हुनेमा पर्वतको देउपु १ की २२ बर्षिय सिता नेपाली र एक सनाखत हु्न नसकेकी महिला रहेकी छन ।

ग १ ख २६८९ नम्बरको बस पर्वतको शिबालय गाबिसको छमर्केमा दुर्घटना हुँद। एक जनाको जिल्ला अस्पताल पर्वत र अर्को एक जनाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालीको घटनास्थलमा र अर्को गम्भीर घाइते भएका ९ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्य घाइतेको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको पर्वतका प्रहरी नायब उपरिक्षक हरिराज वाग्लेले जानकारी दिनुभयो ।
पोखरामा उपचार भैरहेका हरुमा म्याग्दीको दरबाङ्गकी जतिकला सुनार सोही ठाउँका भेटबहादुर सुनार म्याग्दी अर्थुङ्गगेकी बसन्ती पुन मनबहादुर पुन पर्वतको चित्रे - ६ का राजेन्द्र क्षेत्री म्याग्दीको पाखापानीकी बिष्णु नेपाली पर्वतको बाँसखर्ककी बिष्णु नेपाली र एक नाम खुल्न नसकेका बालक रहेका छन । ती बालक मृतकको बच्चा रहेको बताइन्छ ।
घाईते हुनेमा अर्थुङङ्गे-२ म्याग्दीकी ६० वर्षिय तमन्ती पुन नाङलीवाङ १ पर्वतका सुजन वोहोरा भुकताङले-५ पर्वतका धनवहादुर परियार सोही स्थानका स्याम परियार दरवाङ्ग-२ म्याग्दीका आटीकला सुनार माझफाँट-२ पर्वतका रवि विक सोही स्थानका रमा विक हिस्तान-५ म्याग्दीका हर्ष दर्जि बैदाम-६ पोखराका चित्रवहादुर गुरुङ्ग माझफाँट-७ की अनिता जिसी गुन्जनगर-६ चितवनका निरन्जन काफ्ले धाईरिङ्ग-७ पर्वतका सरस्वती आचार्य अर्थुङ्गे-१ म्याग्दीका भरत रहेका छन । बस दिउँसो सबा १२ बजे सडक बाट एक सय मिटर तल खसेको थियो । बसमा ३५ जना यात्रु रहेका छन ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com