कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

१६ जना नकावधारी शमुह प्रवेश गरि हतियार देखाएर


अगन्धर तिवारी
गत फागुन ३ गते राती करिव १० बजेको समयमा पश्चिम म्याग्दीको बाबियाचौर गाविसको खुम्ल्याहा गाउँमाको नरबहादुर गुरुङको घरमा करिव १६ जना नकावधारी शमुह प्रवेश गरि हतियार देखाएर परिवारका सदस्यहरूलाई आत्मर्समर्पण गर्न लगाए ।
रातको समयमा हारगुहार गरेमा मारिदिने धम्कि दिँदै परिवारका सदस्यसंग सम्पुर्ण कोठा तथा दराज र पैसा तथा गरगहना भएका सम्पर्ुण्ा कोठाकोे साँचो मागेर घरमा भएको दुइलाख पचास हजार नगद तथा परिवारका सम्पुर्ण सदस्यहरूले लगाएका गरगहना समेत गरि १० तोला सुन लुटेर लगे ।
रातको समयमा आएका लुटेराहरूको पहिचान तत्कालै गर्न नसकेपनि आसंका भने गरेका नरबहादुरले प्रहरीलाई दिएको बयानका आधारमा प्रहरीले घटनाको अनुसन्धान गर्दर्ै लग्यो ।
प्रहरीको अनुसन्धान अनुसार एकिकृत नेकपा माओबादी जिल्लासचिव लालु किसानका अंगरक्षकका रुपमा करिव चार वर्षेखि काम गर्दैआएका सो पार्टर्ीी सक्रिय कार्यकर्ता कमल किसान संलग्न रहेको आरोपमा यहि फागुन ७ गते सदरमुकामस्थीत सो पार्टि कार्यालयबाटै उनलाई पक्राउ गर्‍यो ।
एकिकृत माओबादी सिङ्गो पार्टिसँग जोडिएको उक्त लुटपाट काण्डपछि लुटिएको सम्पुर्ण सम्पती पार्टि सचिव लालु किसानको हातमा थमाइदिएको र पछिल्लो समय उक्त सम्पत्ती कहाँ र कस्तो अवस्थामा छ भन्नेकुराको जानकारी आँफुलाई नभएको पक्राउ परेका किसानले प्रहरी र सञ्चारकर्मीहरूसंगको रोहवरमा बताएका छन् ।
प्रहरी र सञ्चारकर्मीहरूको रोहवरमा कमलले दिएको बयानलाई आधार मान्ने हो भने उक्त लुटपाट घटनाका मुख्य योजनाकार रहेका बसन्त रोकालाई एकिकृत नेकपा माओबादीले कारवाहि गरिएको भनेपनि अहिलेसम्म कारवाही नै नगरि लुटपाट बिभागको प्रमुखका रुपमा जिम्मेवारी दिएर सुसज्जित हतियारका साथ उसलाई जिल्लाका बिभिन्न गाउँमा घुमाइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मीहरूसंग एमाओबादी जिल्ला कार्यसमितिमा करिव एक करोड २० लाख रुपैयाँ ऋण रहेको र उक्त ऋण तिर्नका लागि पार्टि कारवाहि गरिएको भनेर नाटक गरेका आफ्ना कार्यकर्ता बसन्त रोकाको नेत्रृत्वमा जिल्लाका बिभिन्न ठाउँमा लुटपाट गर्नेगरेको कमलले बताउँदैआइरहेका छन् ।
पक्राउ परेका किसानले र्सार्वजनिक रुपमा दिएको अभिव्यक्ति अनुसार उनलाई सुतिरहेको अवस्थामा घरबाटै अपहरणको शैलीमा उक्त सामान लुटपाटमा संलग्न गराइएको हो ।
उक्त घटनाको विषयलाई लिएर म्याग्दीका एमाओबादी बाहेकका अन्य राजनीतिक दल र माओबादी दुइचिरा भएका छन् । जिल्लाकेा विकासनिर्माणका कामदेखि र्सवदलिय बैठकहरूमा समेत भाग नलिइने बताउँदैआएको माओबादी र्सवदलिय संयन्त्रबाट समेत बाहिरिएको छ ।
उक्त घटनाका विषयलाई लिएर अहिलेसम्म एकिकृत नेकपा माओबादी जिल्लाकार्यसमितिले २ पटक, स्थानीय अन्य राजनीतिक दलहरूले एकपटक, स्थानीय दलित अगुवाहरूले एकपटक र एमाओबादी मगराँत राज्यसमितिको केन्द्रीय कार्यालय पाल्पाले एकपटक गरि पाँचवटा प्रेस बिज्ञप्ती समेत र्सार्वजनिक भइसकेका छन् ।
जिल्ला परिषद सम्पन्न गर्नका लागि यहि फागुन २९ गते अन्तिम मिति रहेको र उक्त मितिमा परिषद सम्पन्न गर्नैपर्ने अनिवार्यता रहेको भएपनि गत फागुन २० गते माओबादी बाहेककका राजनीतिक दलले निकालेको प्रेस बिज्ञप्ती संच्याएर अन्य दलले माफि नमागेसम्म कुनैपनि हालतमा सहकार्य नहुने र परिषद समेत गर्न नदिइने एमाओबादीले बताएको छ ।
२९ गते गर्नैपर्ने भनिएको परिषद अन्य दलहरूले एमाओबादीको अनुपस्थीतिमा पनि गर्ने भनिरहँदा आँफुहरूको सहभागिताबिना परिसद गरिएमा प्रतिकारमा उत्रने एमाओबादीले चेतावनी दिएको छ ।
एउटा लुटपाटको आरोप सिङ्गो एकिकृत नेकपा माओबादीमाथी लाग्नु, आरोप लागेका उक्त पाटीका जिल्ला सचिव लालु किसान पार्टि काममा भन्दै लामो समयदेखि सदरमुकाम नरहनु र अन्य राजनितिक दल र एमाओबादीबिच दिनानुदिन दोहोरी चलिरहनुले पक्कैपनि म्याग्दीको विकासनिर्माण र राजनीतिक सहमती अनि एकता नहुने देखिन्छ ।
जिल्लामा भएको एउटा लुटपाटको घटनालाई लिएर एक राजनीतिक पार्टिलाइई समेत आरोप लगाइएको घटनाले राम्रो सन्देश पक्कै पनि दिँदैन , त्यसैले उक्त घटनाका विषयमा राम्रोसंग छानबिन गरि दोशीलाई कारवाही हुनुपर्छ

No comments:

Post a Comment

kushmabajar.blogspot.com