हरिकृष्ण गौतम
सधै टुकीको जोहो गरी आफ्नो जिवन निर्वाह गर्ने गरेका म्याग्दीका दर्ुगम बस्तीका बासिन्दा हिजोआज सोलार विजुलीको प्रयोग गर्न थालेपछि अहिले गाउँ नै सोलार भिलेको रुपमा विकास भइरहेका छन् ।
सधै टुकीको जोहो गरी आफ्नो जिवन निर्वाह गर्ने गरेका म्याग्दीका दर्ुगम बस्तीका बासिन्दा हिजोआज सोलार विजुलीको प्रयोग गर्न थालेपछि अहिले गाउँ नै सोलार भिलेको रुपमा विकास भइरहेका छन् ।
जिल्लाका ताकम, मुदी, देविस्थान, रूम, मकिम्ली, कुहुँ, पाखापानी लगायत अधिकांस घरधुरीले बैकल्पिक उर्जा प्रवधद्धन केन्द्र उर्जा क्षेत्र सहयोग कार्यक्रमबाट अनुदानमा सोलार प्यालन पाउने भएपछि त्यसको प्रयोग गरि अहिले गाउँ नै सोलार भिलेज बन्दै जान थालेका हुन ।
अन्य खर्च कटौती गरेर भएपनि घरमा सोलार प्रयोग गर्न थालेपछि विस्तारै सोलार भिलेजको रुपमा आफ्ना गाउँ विकास गदै जान थालेका हुन् ।
सदरमुकाम बेनी लगायत देशैभरी दैनिक १४ घण्टा लोडसेडिङ हुने गरेको भएपनि आफ्नो गाविसमा भने त्यसको कुनै प्रभाव नपरेको मुदी गाविसका ताराप्रसाद र्घर्तीको भनाई छ । उनि भन्छन्,’ गाविसका सवैजसो घरमा अहिले सोलारको प्रयोग गरिएको छ ।’
विकास र सुविधाको पहुँचबाट टाडा रहेको महसुस गर्ने यि दर्ुगम बस्तीका बासिन्दाले अहिले सञ्चार, सोलार विजुलीको सहज प्रयोग गर्न थालेपछि भने निकै उत्साहित हुने गरेका छन् । हालै सोलार विजुलीको जडान गरेका झिँ गाविसका मिनबहादुर थजाली भन्छन्,’ गाउँका १ सय ३ भन्दा बढि घरमा सोलार सेट मार्फ विजुली बालेर गाउँ नै भिलिभिली पारेपछि त के के न गरेजस्तो भएको छ ।’
गाउँमै गएर जडान देखि नियमित मर्मतको ग्यारेन्टी समेत कम्पनीहरूले दिन थालेपछि भने यसको प्रयोग दिनप्रति दिन बढ्दै जान थालेको अनुभव विम गाविसका कल बहादुर जुग्जालीको छ । उनि भन्छन्,’ विद्यार्थी देखि घरगृहनी सम्मलाई आफ्नो काम गर्न सहज हुने भएकाले पनि सवै गाउँलेले यसको प्रयोग गर्न थालेका हुन् ।’
अहिले समान्य आयआर्जन गर्नेले पनि आफ्नो घरमा सोलारको प्यालन राखेर गौरव गर्ने गरेको जुग्जालीको भनाई छ । पाचँ हजार देखि विस हजार सम्म पर्ने सोलार बिजुलीका लागि एक ब्याट्री,जक्सन,कन्टोलर प्यानल,तार लगायतका समान चाहिन्छ ।

विगत २०५७ सालमा ताकमकी जनुका सुबेदीले सोलार प्रयोग गाउँमा जम्मा दुइ घरले मात्र प्रयोग गरेको स्मरण गर्दै भन्छिन्,’ यो राजनैतिक दलका नेताले भोट माग्दा दिएको आश्वासनको फल नभई आफ्नौ अम्दानीको उपलब्धी हो ।’गाउँगाउँमा सोलरको प्रयोग बढ्दै जान थालेपछि सदरमुकाम बेनीमा सोलरको ब्यापार गरिरहेकाले समेत राम्रो आम्दानी गर्न सफल भएका छन् ।
copy from benionline.com.np
No comments:
Post a Comment
kushmabajar.blogspot.com