कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

आत्मीयताको विकास गर्ने रङ्गीन चाड होलीपर्व पहाडी क्षेत्रमा मनाइँदैछ


विभिन्न किसिमका रङ खेली साथीभाइ एवम् आफन्तमा आत्मीयताको विकास गर्ने रङ्गीन चाड होलीपर्व शनिबार नेपालको पहाडी क्षेत्रमा र आइतबार तराईका विभिन्न क्षेत्रमा मनाइँदैछ । काठमाडौँको हनुमानढोकाअगाडि फागुन कृष्ण अष्टमीका दिन विभिन्न रङका ध्वजा पटाकाले सिङ्गारिएको लिङ्गोलाई विधिविधानअनुसार पूजा गरी ठडयाइएपछि औपचारिकरूपमा फागुपर्व सुरु भएको मानिन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड त्यसपछि प्रहृलाद, कृष्ण,होलिका, ढुण्डा आदिका कथा माध्यमका साथ फागु, फगुवा, होलिका आदि नामबाट मनाउने गरिएको इतिहास पाइन्छ । यो चाड रङ खेल्ने चाडका रूपमा मनाउने प्रचलन छ ।


विगत वर्षमा काठमाडौँ उपत्यकाका सडकमा पानी भरिएका लोला हान्ने र पानी फाल्ने काम एक साताअघिदेखि सुरु हुने गरेकाले यसले विशेषगरी काम विशेषले हिँड्नुपर्ने महिलालाई अप्ठेरो पर्ने गरेको थियो ।
राक्षसहरूले स्वर्गका देवताहरूलाई पराजित गर्न लागेपछि तिनको रक्षा गर्ने उद्देश्यले देवताहरूको अनुरोधमा कामदेवले तपस्यारत महादेवको निधारमा वाण हान्दा त्रिनेत्रको ज्वालाबाट भष्म भएपछि उनकी श्रीमती रतीको अनुरोधमा पुनः उनीहरूको मिलन भएको दिनका रूपमा पनि यो चाड मनाउन थालिएको बताइएको छ ।


आफ्ना पुत्र प्रहृलाद शिवभक्त भएपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादलाई मार्ने आज्ञा दिएकाले होलिकाले प्रहृलादलाई काखमा लिएर आगोमा जाँदा प्रहृलादलाई केही नभई होलिका स्वयम् जलेर मरिन् ।
प्रहृलादले तत्कालीन समाजमा सत्यको पक्षमा भक्ति गरेर ऋषिहरूलाई प्रेरित गरेकाले उनकै सम्झनामा होली मनाइने प्रचलन रहेको पनि डा योगी बताउनहुन्छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा विष्णु दाहाल होली पर्वलाई वेद तथा ब्राहृमण साहित्यमा वसन्तोत्सवका रूपमा व्याख्या गरिएको र यस सम्बन्धमा पर्याप्त सामग्री भएको भन्दै कामसूत्रका रचनाकार वात्सायनको समयमा फागुन र चैत दुई महिनाभरि मदनोत्सव गरी होली मनाउने गरिएको तथ्य भेटिन्छन् भन्नुहुन्छ ।
डा. दाहाल प्राचीन समाजमा जातीय रूपमा विभिन्न चारवर्ग रहेको र ती वर्गका आ-आˆना चाडको वर्गमा होली चौथोवर्गको पर्व मानिएको पनि बताउनुहुन्छ । असत्यको पराजय र सत्यको विजय भएको दिनलाई स्मरण गर्दै सबै धर्म, जातिको एकता र मिलनका रूपमा यस पर्वलाई नेपालमा मनाउने गरिएको डा दाहालले बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com