कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

यात्रु बाहक बस पर्बत जिल्ला को छमर्के मा दुर्घटना हुँदा एक जना महिलाको मृत्यु


प्रकाश सापकोटा /पर्बत
  बेनी बाट पोखरा जादै गरेको ग.१ ख २६८९ नं को यात्रु बाहक बस पर्बत जिल्ला को छमर्के मा दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ |मृत्यु हुनेमा देउपुर वडा नं १ पर्बत कि २२ बर्षिया सीता नेपालीको मृत्यु भएको छ भने उनकी एक महिनाकी छोरि घाइते भएकी छन् |उक्त घटनामा १६ जना घाइते भएका छन् घाइते हरु लै पर्बत जिल्ला अस्पताल कुश्मा मा र गण्डकी अस्पताल पोखरामा भर्ना गरिएको छ भने ४ जना गम्भीर घाइते भएको पर्बत जिल्ला अस्पताल ले जनाएको छ |चार जना भने उपचार पछि घर फर्के का छन् |
घाइते हुने हरुको नाम
बिष्णु नेपाली,भर बहादुर पुन बेनी अर्थुंगे,तबन्ति पुन,श्रीजना बोहोरा पर्बत ,राजेन्द्र के सी पर्बत चित्रे ,जाटीकला सुनार म्याग्दी,रबि बि क पर्बत मल्लाज ,गुना बि क मल्लाज पर्बत ,श्याम बहादुर परियार भुक्तंगले पर्बत,हर्क बहादुर दर्जी हिस्तंग म्याग्दी, चित्र कुमारी गुरुङ पोखरा ,सरस्वति आचार्य पर्बत ,चन्द्र कुमारी गरुंग बैदाम पोखरा,अनिता जिसी मल्लाज पर्बत,निरन्जन काफ्ले चितवन ,बिबेक शर्मा नाग्लिवांग रहेका छन् |
   


No comments:

Post a Comment

kushmabajar.blogspot.com