चट्याङका कारण क्षत्ती पुगेको उपकरण मर्मत हुन नसक्दा ग्रामिण सामुदायिक मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४ थोप्लो ४ मेगाहर्जको प्रशारण ९ दिनदेखि बन्द भएको छ ।
पुलाचौरको पछैमा रहेको रेडियोको रिले टावरमा फागुन ३ गते परेको चट्याङ्ले क्षत्ती पुर्याएको थियो । एक सय वाट क्षमत्ताको रेडियोका सबै कार्यक्रम प्रशारण सञ्चालन हुन सकेको छै्न् ।
बेनीमा रहेको मुख्य स्टेशनबाट रिले टावरमा आवाज पुर्याउने वाईफाई प्रविधिमा मर्मतमा भएकाले शनिबार सम्म सञ्चालनमा आउने रेडियोकी अध्यक्ष यामकुमारी केसीले बताउनुभयो ।
जिल्लाकै पहिलो रेडियो म्याग्दी वायरलेस प्रविधिबाट सञ्चालन भएको धौलागिरिकै पहिलो पटक रेडियो हो ।
यसैबिच नियमित विद्युत आपर्ूर्ती नहुँदा धौलागिरिका छापा तथा विद्युतीय सञ्चार माध्यम प्रभावित हुने गरेका छन्
No comments:
Post a Comment
kushmabajar.blogspot.com