सोमबार देखि सन्चालन गरिएको तेस्रो धौलागिरी अन्चल स्तरीय पर्वत महोत्सवको आज चौंथो दिन सत्तरी लाख रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ ।
पच्चिस हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवमा ७० लाख रुपैयाँको कारोवार भएपनि महोत्सवको अन्तिम दिन सम्म दुई करोड रुपैयाँको कारोवार हुने जनाइएको छ । जसमा दुईलाख दर्शकहरुले महोत्सवको अवलोकन गर्नेछन् ।
आयोजक पक्षले दुई करोड रुपैयाँको अपेक्षा गरेपनि दर्शक तथा महोत्सवमा राखिएका सबै स्टलहरु बुकिङ्ग नहुदा अपेक्षा अनुसारको कारोवार हुदैन की भन्ने आशंका पनि उत्तिकै गरिएको छ । अाचल स्तरीय महोत्सव भएका कारण गतवर्ष गरिएका महोत्सवको तुलनामा यो महोत्सव अलिक फरक खालको छ जसमा लगानी पनि गतवर्षको तुलनामा दोब्वरले गरिएको छ । महोत्सवमा देखाईएका कार्यक्रमहरु पनि ठुला र महङ्गा खालका छन्
दर्शकहरुमाझ प्रस्तुत गरिएका महङ्गा कलाकार र कार्यक्रमले गर्दा जिल्ला तथा बाहिरी जिल्लाबाट पनि महोत्सव हेर्नका लागि मानिसहरुको ओईरो लागेको छ ।
महोत्सवले पर्वत जिल्लाको चिनारी तथा पर्यटन वर्ष २०११ लाई सहयोग पुग्ने उद्योग बाणिज्य संघ पर्वतले जनाएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com