सदरमुकामको मुख्य सडक सन्जालले नछोएको बागलुङको दुर्गम तमान गाविसमा मंगलबार पहिलोपटक म्याग्दी हुदै सवारी साधन पुगेपछि स्थानीयबासीले अबिरजात्रा गरेर खुसीयाली मनाएका छन् । म्याग्दीको दरबाङ ओखरबोट हुँदै तमान पुगेको तीन मालवाहक ट्याक्टर र चालकहरुलाई स्थानीयबासीले खुसीयालीमा स्वागत गरेको सडक निर्माण समितिका सचिव रवी मगरले बताउनुभयो ।
देविस्थान ओखरबोट रुम सोलेडाँडा हुँदै तमान जोड्ने १८ किलोमिटर सो सडक स्थानीयबासीको लगानीमा निर्माण भएको हो । स्थानीयबासीको ६० लाख रुपैयाँ लगानीमा सडक निर्माण भएको सचिव मगरले बताउनुभयो । सडक निर्माण गर्न स्थानीयबासीले प्रतिघर ५ हजार देखि तीन लाख रुपैयाँ चन्दा सहयोग गरेका छन् ।
ओखरबोट रुम तमान र बोङ्गादोभान गाविसका बासिन्दाको सकि्रयतामा निर्मित सो सडक संचालनमा आएपछि सोले डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका साथै ढोरपाटन क्षेत्रमा उत्पादन भएको आलु स्याउ लगायतका कृषि उपज निर्यात गर्न सहज हुने बताईएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com