आफ्नो जिवनस्तरमा परिवर्तन ल्याउन नसकेका यहाँको एक दुर्गम गाउँका विपन्न परिवार सामुदायिक वनबाट लाभान्वित बनेका छन् ।
जिल्लाको खौलालाकुरी गाविसको ४ ५ र ६ का १ सय ५२ उपभोक्ता आबद्ध रहेको खोरथापे सामुदायिक वन उपभोक्ताको सहारा बनेको छ । समुहका ७० भन्दा बढी विपन्न परिवारले प्रत्यक्षरुपमा जिविकोपार्जनको माध्याम बनलाई बनाएका छन् ।
आयआर्जनको बिकल्प नहुँदा अहिलेसम्म ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएका बासिन्दाहरुले बनवाट ऋण लिएर आयआर्जनका कि्रयाकलाप गरेका छन् । बन समुहमा आबद्ध घरधुरी मध्ये झण्डै आधा भन्दा बढी परिवार अति विपन्न वर्गका रहेका छन् । समुहका उपभोक्ताहरुले नै भेलाबाट परिवारको स्तरीकरण गर्ने र क ख ग र घ गरी चार बर्गमा विभाजन गरी अति विपन्न परिवारलाई घ श्रेणीमा वर्गिकरण गरेका छन् । यसरी घ श्रेणीमा परेका परिवारलाई समुहको ऋण लगानी देखि अन्य सवै प्रकारका सेवा सुविधामा सहज प्रणाली लागु गर्ने गरेको समुहका अधयक्ष ओमप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
अहिले दलित तथा विपन्न समुदायका सदस्यहरु समुहको भेलामा आएर निर्णायक तह सम्म पहुँच पुग्ने गरी छलफल गर्ने गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उक्त समुह अन्तरगतको घ बर्गका विभिन्न ८ परिवारले आयआर्जनका विकल्प अप्नाएर नै आपुनो स्तरोन्नति गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
न्युन आय भएका परिवारले बन समुहबाट सर्वसुलभ व्याजमा ऋण लिएर बाख्रा पालन कुखुरापालन लगायतका व्यावसायहरु अंगालेका छन् । आफुले समुहबाट पाएको ऋणले बाख्रा पालन गरेर बार्षिक ४० हजार रुपैंया आम्दानी गरेर छोराछोरीको शिक्षा दिक्षा सँगै घरपरिवारको दैनिक खर्च चलाउँदै आएको समुहकी विपन्न सदस्य कला चालिसे बताउनुहुन्छ । उहाँ लगायत अन्य परिवारले समेत विभिन्न व्यावसाय साचालन गरेर आम्दानीको विकल्प अप्नाएका छन् ।
उक्त वन समुहमा सिड नेपाल पर्वतले जिविकोपार्जनका लागि वन कार्यक्रमको सहकार्यमा संस्थागत विकास सामाजिक विकास तथा बन विकास सम्बन्धि काम साचालन भइरहेको छ । हाल जिविकोपार्जनका लागि वन कार्यक्रमको सहयोगमा जलबायु परिवर्तन अनुकुलन योजना मार्फत भित्रिएको १ लाख रकम बाट समेत विभिन्न क्षेत्रमा कार्ययोजनाहरु साचालन हुन थालेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com