असला माछाको खानी भनेर चिनिने मोदीखोला वरपरका कृषकहरुले अहिले घरघरमा माछापालन व्यावसाय शुरु गरेका छन् । मोदीखोलामा माछा लोपहुँदै गएपछि पर्वतको पातीचौर क्षेत्रका बाजुंङ्ग देउपुर देउराली लगायतका कृषकहरुले घरमा नै पोखरी निर्माण गरेर माछापालन व्यावसाय शुरु गरेका हुन् ।
विगतदेखिनै मोदीका माछाका नामले परिचित मोदीखोलामा विभिन्न जलविद्युत आयोजनाहरु साचालन हुँदै गएपछि र माछा उत्पादन घटेपछि स्थानीय जागरुक कृषकहरुले यस्तो विकल्प अप्नाएका हुन् । गत बर्ष सम्म स्थानीय युवाहरुले मोदीखोलाबाटै माछा मारी विकि्र गरेर व्यावसाय साचालन हुँदै आएपनि पछिल्लो समयमा खोलामा माछा उत्पादन घटेपछि स्थानीय कृषकहरुले घर घरमा व्यावसाय साचालन गर्न थालेका हुन् ।
अहिले बाजुङ्ग देउपुर र देउराली गाविसका १७ घरपरिवारले पोखरी निर्माण गरेर व्यावसाय साचालन गरेका छन् । उनीहरु मोदीखोला माछा उत्पादन समुहमा आवद्ध भएर माछा उत्पादन व्यावसायमा हातेमालो गरेका छन् । स्थानीय धनबहादुर रेग्मी भिमबहादुर हमाल लगायतले यसै बर्षको शुरु देखि व्यावसाय साचालन गरेका हुन् । ुव्यावसाय फरक फरक स्थानमा गरेपछि आपसमा हातेमालो गर्दा सहज हुँदो रहेछु समुहका अध्यक्ष भिमबहादुर रेग्मीले भने ुएकअर्कालाई समस्या परेको खण्डमा सहयोग आदान प्रदान हुन्छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com