नेपाली कांग्रेस म्याग्दीले बुधबार संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टर्राई प्रती १३ औं दिनको पुण्यतिथि पारेर श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाली काँग्रेसको म्याग्दीले नेता भट्टर्राईको अस्तु विर्सजन गरी आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने बक्ताहरूले भट्टर्राईको त्याग र बलिदानबाट नेपाली कांग्रेस बिचलित हुन नहुनेमा जोड दिएका थिए ।
श्रद्धाञ्जली सभामा बोल्दै केन्द्रिय सदस्य तथा सभाषद् धनराज गुरूङले स्वर्गीय भट्टर्राईको निष्ठाका सगरमाथा भएकाले उहाँले अनुसरन गरेको बाटो र उदेश्यबाट अघि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका पर्ुव सभापति डाक्टर भुपेन्द्र खड्का, महासमिति सदस्य नेत्रबहादुर महत, रेशमबहादुर बानिया,महिला संघ म्याग्दीकी अध्यक्ष बिना खड्का, नेपाल दलित संघका अध्यक्ष गब्बे परियार, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धनबहादुर छन्त्याल र नागरीक समाजका र्सर्ुदशनकुमार श्रेष्ठले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव माधवप्रसार रेग्मीले गर्नुभएको थियो ।

यसैविच आज मुस्ताङमा पनि कृष्णप्रसाद भट्टर्राई प्रती १३ औं दिनको पुण्यतिथि पारेर श्रद्धाञ्जली अर्पण कार्यक्रमको आयोजना गरिएको मुस्ताङ सभापति र्सर्ुवण विष्टले जानकारी दिनुभयो
No comments:
Post a Comment
kushmabajar.blogspot.com