कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

दक्षिण पर्वतका दुर्गम गाउँको सात सय रोपनी खेत वाँझै

संचाई सुविधाको अभावमा यहाँको एक दुर्गम गाउँको सात सय रोपनी खेत वाँझै रहेको छ । दक्षिण पर्वतको पाखापानी गाविस-१ गानावाङ्गको ५ सय ६२ रोपनी ७ आना जग्गा िसंचाई अभावमा बाँझै रहेको हो । वर्षातको समयमा मुल तथा आकासे पानीको भरमा धान रोपेपनि हिउँदमा भने बालीनाली लगाउनवाट कृषकहरु बिाचत वनेका छन् । स्थानीय ४० घरपरिवारको जग्ग्ाा रहेको सो ठाउँमा िसंचाईको व्यवस्था गरिदिन विभिन्न निकायसँग माग गरेका छन् ।
                स्थानीयवासीको श्रमदान र गाउँ विकास समितिको १० हजार रुपैया सहयोगमा समान्य कुलो खनेर खेतसम्म पानी ल्याएपनि पानीको श्रोत सानो भएकाले िसंचाईका लागि अभाव भएको छ । खेतलाई पुग्नेगरी िसंचाई गर्न ५५ हजार लिटरको पोखरी निर्माण गर्नुपर्ने आवश्यक छ । पोखरी निर्माणका लागि ५५ हजार रुपैया लागत लाग्ने इस्टीमेट तयार गरेको भएपनि सहयोगी निकाय नहुँदा कृषकहरु अलपत्र परेका छन् ।
             पर्याप्त िसंचाई नहुँदा हिउँदे बालीको रुपमा लगाउने जौ गहुँ आलु तोरी तथा बन्दा काउली लगायतका तरकारी खेती समेत गर्न समेत पाएका छैनन् । िसंचाईको अभावमा तरकारी खेती लगाउन नपाउँदा बजारबाट किनेर खान वाध्य भएको स्थानीय कृषकहरल्ो बताएका छन् । वर्षमा तीन खेती हुने जग्गामा अहिले धान बाहेक अन्य रोप्न पाइएको छैन् भने सवै खेती गर्न सक्ने होभ ने यहाँ उत्पादन गरेको तरकारी तथा अन्य विकि्र वितरण गर्न सकिने थियो । पोखरी निर्माणका लागि जिल्ला विकास समितिसँग माग गरेपनि कुनै सुनुवाई नभएको गुनासो उनीहरुको छ ।
    

No comments:

Post a Comment

kushmabajar.blogspot.com