आगलागीमा परेर घमिरमा दुई वर्षिय बालकको ज्यान गएको छ ।
घमिर–५ का विपन्न परिवारका कृष्णबहादुर वि.क.को दुई वर्षिय छोराको कोक्रोमा सुतेकै बेलामा ज्यान गएको हो । घर परिवारका सबै सदस्य घाँस काट्न गएको समयमा विकको ५ वर्षिय जेठो छोरा तुलबहादुरले सलाई कोरेर आगो लगाएको थियो ।
वि.क. को गाउँमा घर जग्गा केही नभएकाले गाविसले उपलब्ध गराएको सरकारी जग्गामा घर बनाएर बस्दै आएका थिए । गाविसले उपलब्ध गराएका सरकारी जग्गा भएकै कारण छरछिमेकमा कोही नभएकाले समयमै आगलागी नियन्त्रण हुन नसक्दा बच्चा क्रोक्रोमै जलेर सकिएको स्थानीय पत्रकार राजेन्द्र पन्थीले बताए ।
आगलागीबाट विकको घरको सम्पूर्ण खाध्यान्न सहित लत्ता कपडा सबै जलेर नष्ट भएको छ । विपन्न परिवारहरु छिमेकीको घरमा आश्रय लिएर बसेको पन्थीले बताए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com