पर्वतको एक दुर्गम गाउँका बिपन्न परिवारका लागि सहुलीयतमा सोलार बिजुली प्रदान गरिएको छ । अहिलेसम्म बिद्युतको सेवा पुग्न नसकेको थापाठाना गाविसका ७० घरपरिवारका लागि सोलार प्रदान गरिएको हो । जिल्ला विकास समिति उर्जा विकास शाखा र उपभोक्ताको २ हजार रुपैयामा सोलार जडान गरिएको छ ।
अहिलेसम्म्ा महङ्गो मुल्यमा मट्टितेल किनेर टुकी बाल्दै आएका परिवारहरुलाई सोलारले राहत मिलेको छ । व्यक्तिगत रुपमा किन्दा ६ हजार सम्म पर्ने सोलार सामुहिक रुपमा जडान गर्दा २ हजारमा सर्वसाधारणले प्राप्त गरेका हुन् । ७० घरमा सोलार जडानका लागि ४ लाख भन्दा बढि लागत लागेको जिल्ला विकास समितिले जनाएको छ ।
सवै घरमा गत शुक्रवारदेखि सोलार जडान गरेर बिजुली बाल्न थालिएको छ । सवैका लागि उज्यालो कार्यक्रम अन्तर्गत बिपन्नहरुलाई सहुलीयत स्वरुप सोलार दिइएको छ । गाविसभरमा साढे ६ सय भन्दा बढि घरधुरी रहेपनि सिमीत बजेट भएकाले पहिलो चरणमा ७० घरपरिवारलाई मात्र प्रदान गरिएको उर्जा विकास शाखाका गणेश पौडेलले बताए । उनले भने बिद्युतको सुविधा नपुगेका ठाउँमा मात्र यस्तो खालको सोलार दिन सकिने उनले बताए । जिल्लाका ५५ गाविसमध्ये ४० भन्दा बढि गाविसमा बिद्युतीकरण भएपनि उक्त गाविसमा अहिलेसम्म बिद्युत बल्न सकेको छैन् । एक वर्ष अघिदेखि पोल र तार टाँगिएपनि बिजुली बल्न सकेको छैन् ।
वर्षौैदेखि टुकीको भरमा रात फाल्दै आएका थियौ स्थानीय गंगा सापकोटाले भनिन् सानो सोलार भएपनि बिजुली बालेजस्तै अनुभव भएको छ । मासिक रुपमा पाँच सय भन्दा बढिको मट्टितेल खर्च हुन्थ्यो अब भने राहत मिल्ने भएको छ उनले भनिन् । गाउँभरी बिद्युतीकरणका लागि बर्षौदेखि पहल भएपन अहिलेसम्म कुनै संकेत नदेखिएको दुःखेसे उनले गरिन् ।
गरिबीका कारण आफै लगानी गरेर किन्न नसकेकाहरुलाई लक्षित गरेर सोलार बितरण गरिएको हो । स्थानीय गृहीणी रुपा थापा क्षेत्रीले भनिन्-ुसोलार बाल्न थालेपछि महङ्गो शुल्कमा मट्टितेल किन्न्ो झण्झट हटेको छ बालबालिकाले उज्यालोमा पढ्न पाएका छन् निकै राहत मिलेको छ ।ु आगोको अगूल्टोको भरमा वस्दै आएका थियौ अहिले त घरै झलमल बनेको छ । बिजुलीका लागि मात्र हैन उनीहरुले मोवाईल चार्ज गर्नका लागि समेत गर्न पाएका छन । मासिक रुपमा मोवाईल चाजए गरेको १५ सय रुपैया भन्दा बढि तिर्न वाध्य परिवारहरुले निकै राहत पाएको बताएका छन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com