माओवादी संबद्ध मजदुर हरुले तलब बृद्धिको माग राख्दै उद्योगहरु धमाधम बन्द गराउन थालेपछि मकवानपुरका सबै उद्योगीहरुले आ-आफ्नो उद्योगको साँचो प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईलाई बुझाएका छन् । न्यूनतम तलव १० हजार हुनु पर्ने माग राख्दै माओवादीसम्वद्ध मजदुरहरुले मंगलबारदेखि उद्योगहरु बन्द गराएपछि उद्योगीहरुले आ-आफ्नो उद्योगको साँचो प्रजिअलाई बुझाएका हुन् । यसरी उद्योगको साँचो बुझाउनेमा हेटौडा औद्योगिक क्षेत्रका ५७ र अन्य क्षेत्रका केही उद्योगका सञ्चालकहरु छन् ।
उनीहरुले औद्योगिक शान्ति कायम गर्नु पर्ने, मजदुरको तलव वृद्धिको माग राज्यले सम्वोधन गर्नु पर्ने लगायतका माग राखेका छन् । उद्योगको साँचो बुझेपछि प्रजिअ भट्टराईले केन्द्रमा कुरा राख्ने बताउनु भयो ।
उनीहरुले औद्योगिक शान्ति कायम गर्नु पर्ने, मजदुरको तलव वृद्धिको माग राज्यले सम्वोधन गर्नु पर्ने लगायतका माग राखेका छन् । उद्योगको साँचो बुझेपछि प्रजिअ भट्टराईले केन्द्रमा कुरा राख्ने बताउनु भयो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com