कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतको वाँसखर्क गाविसका वासीन्दाले अझैसम्म ब्याज तिर्न बाध्य


गणेश पौडेल
पर्वत
विगत एक दशक अघि गाउँमा यातायातको सुविधा पुर् याउन लाखौ रुपैया ऋण खोजेर खनिएको सडकको अझैसम्म ब्याज तिर्न दुर्गम गाउँलेहरु बाध्य छन् ।
उत्तरी पर्वतको वाँसखर्क गाविसका वासीन्दाले २०५५ सालमा लालपुर्जा र पेन्सनपट्टा राखेर ऋण निकालेर सडक निर्माणमा खर्चेका थिए । माझफाँट गाविस स्थित कोटथरदेखि बाँसखर्क गाविस- ५ स्थित तल्लोगाउँसम्मको करिव ६ किलोमिटर सडक १० लाख रुपैयाको लागतमा निर्माण गरेका थिए । गाउँ विकास समिति जिल्ला विकास समिति लगायत कुनैपनि निकायवाट आर्थिक सहयोग नपाएपछि आफै ऋण हालेर गाउँलेले उक्त सडक निर्माण गरेका हुन् । २०५४ सालमा पेन्सनपट्टा र लालपुर्जा राखेर २ लाख ५० हजार रुपैया ऋण बैंकवाट निकालेर हालियो सडक निर्माण समितिका संयोजक चन्दबहादुर गर्बुजाले भन्नुभयो-ुअहिले सम्म सोही ऋणको ब्याज तिर्दातिर्दै हैरान परेको छु ।ु
सो सडकका लागि स्थानीयवासीहरुले २० हजार देखि २ लाख ५० हजार सम्म ऋण खोजेर हालेका छन् । सडक निर्माण भएर सुविधा पाएपनि एक दशकदेखि वार्षिक २४ प्रतिशत व्याजको मारमा परेको गर्बुजाले बताउनुभयो । स्थानीय विकास अधिकारी विभिन्न दलका नेताहरु र सांसदले पटक पटक गाउँमा आउँदा सडकको लागि खर्च भएको रकम छुट्टाइदिने आश्वासन दिने गरेपनि अहिलेसम्म कुनै निकायवाट सहयोग नपाएको गुनासो उनीहरुको छ ।
एक दशक अघि निर्माण गरेको सो सडक जिर्ण बन्दै गएको छ । खनेपछि अहिलेसम्म एक पटक पनि मर्मत हुन नसक्दा बाँसखर्कवासी जोखीमपुर्ण यात्रा गर्न वाध्य भएका छन् । उनीहरुले सडक मर्मतका लागि जिल्ला विकास समिति र स्थानीय गाविस सँग आवश्यक बजेट बिनियोजन गरिदिन माग गरेका छन् । सडक मर्मतका लागि ५ लाख रुपैया आवश्यक पर्ने स्थानीय थमनवहादुर पुर्जाले जानाकारी दिनुभयो । सडक जीर्ण हुँदा दुर्घटना वढ्दै गएका छन् सडक तत्काल मर्मत गर्नुपर्ने छ तर आवश्यक रकम अभावले मर्मतकार्य अगाडि बढाउन सकेका छैनौ ।
एक दशक अगाडि बैंकमा राखका लालपुर्जा र पेन्सनपट्टा झिक्न नपाएको गाउँलेको गुनासो छ । जिल्लामा विकास निर्माणका लागि भित्रिएको बजेट हरेक वर्ष पि्रुज भएर गइरहेको भएपनि यहाँका गाउँलेको मर्का कसैले वुझ्न नसकेको पुर्जाले बताउनुभयो । जिल्ला विकास समितिको संयन्त्रमा आफ्नो क्षेत्रको प्रतिनिधि नभएका कारण रकम नछुट्टाइदिएको गाउँलेले आरोप लगाएका छन् 

No comments:

Post a Comment

kushmabajar.blogspot.com