कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

प्रविधिमा पौडेल आतंक


काठमाडौँ । राष्ट्रिय सूचना, प्रविधिकेन्द्र भित्र भएका अनियमितता र भ्रष्टाचारको समाचारहरू जति मात्रामा सार्वजनिक हुन थालेका छन् त्यो भन्दा बढी केन्द्रमा उपनिर्देशक विकल पौडेल र इन्जिनियर सुदिप डाँगिको अत्याचार झनै बढ्दै गएको केन्द्रका कर्मचारीहरूले गुनासो गर्न थालेका छन् । यसै विषयमा केन्द्रका एक कर्मचारी भन्छन्– ‘यस केन्द्रको अनियमितता र भ्रष्टाचारको समाचार सार्वजनिक हुन थालेपछि भ्रष्टाचारमा नाम मुछिएका हाम्रा हाकिमहरू हामि जस्ता तल्लास्तरका कर्मचारी माथि शंका गर्ने र कार्यालयको भित्री कुरा कसरी बाहिर गयो भनेर पालैपालो बोलाएर सोधपुछ गर्ने, हप्काउने र तर्साउने काममा, उत्रिएका छन् । नचाहिँदो र नियम विपरितका कार्यहरू आपूm गर्ने,  दोष र हप्काई चाँहि हामीले खेप्नुपर्ने ? यो कस्तो विडम्बना हो ।’ भन्दै उनी अगाडि थप्छन् ‘तपाईंहरूलाई थाहा छ कि छैन अनियमितता र भ्रष्टाचारको समाचार आउनु भन्दा अगाडि यस केन्द्रको वेभसाइडमा हामी सम्पूर्ण कर्मचारीको नाम, पद, ठेगाना,मोबाईल नम्बर, इमेल आदि सबै समावेश गरिएको थियो तर केन्द्र भित्रको भ्रष्टाचार र अनियमितताको समाचार लगातार प्रकासन हुन थालेपछि वेवसाइटबाट हाम्रो मोवाइल नम्बरहरू हटाइएको छ । इमेल पनि अस्पष्ट रूपमा राखिएको र साथै केन्द्रले गरेका र गर्ने कामहरू पनि स्पष्ट रूपमा राखिएको छैन । किनभने यस केन्द्रले गर्ने कतिपय गोष्ठी, कार्याशाला र तालिमहरू खालि कागजमा मात्र सीमित हुने र नक्कली कागजातमा ती कामहरू सम्पन्न भए भनि विनियोजित बजेट पचाउने कामहरू भएका छन् । अहिले ती समाचारहरू बाहिर नजाओस् र कर्मचारीहरूसँग सम्पर्क नहोस् भनेर नाकाबन्दी लगाउने काम भएको छ भने कार्यालयको फोनमा पनि चियोचर्चो हुने गरेको छ ।’
सूचना प्रविधि केन्द्र भित्रको अनियमितता र भ्रष्टाचार छताछुल्ल हुन थालेपछि भ्रष्टाचारका योजनाकार मानिने विकल पौडेल र सुदिप डाँगि यतिबेला कसरी आफ्नो कालो कर्तुत लुकाउने भनेर लागि परेको र यसै सिलसिलामा उनीहरूले केन्द्रको वेवसाइटमा पनि फेरबदल गरेको स्रोतको दावी छ । उपनिर्देशक विकल पौडेल र इन्जिनियर सुदिप डाँगिले कोरियन दातृ निकायबाट प्राप्त ब्राण्डेड सामान र उपकरणहरू आपूmलगायत मन्त्रालय र मन्त्रिपरिषद्का सूचना प्रविधि हेर्ने ईकाइका प्रमुखहरूको घरमा पु¥याएका छन्, त्यसको सट्टामा नक्कली र स्थानीयस्तरको सामान र उपकरण केन्द्रकै रकमबाट खरिद गरी भरताल गरेको स्रोतको दावी छ । कोरियन दातृ निकायबाट सिंहदरबार हाताभित्र निर्माण गरिएको न्क्ष्म्ऋ भवनबाट कमिसनको स्वाद चाख्न पुगेका विकल पौडेल र सुदिप डाँगिले कोरियन दातृ निकायबाट प्राप्त उपकरणमा पनि यो वा त्यो वहानामा लाखौँ रूपैयाँ भ्रष्टाचार गर्न सफल भए । यसरी कोरियन दातृ निकायबाट प्राप्त सहयोगबाट कमिशनको रसास्वादन गर्न पुगेका सुदिप डाँगि र विकल पौडेललाई एसियाली विकास बैंक एडीबी ले सिंहदरबार भित्रका कार्यालयहरूमा सूचना विकास र विस्तार गर्न लाखौँ डलर अनुदान दिएपछि उनीहरूको भ्रष्टाचारले सीमा नाघेको स्रोत बताउँछ । एडीबीले अनुदान दिई सूचना सञ्जाल विस्तारको लागि राष्ट्रिय प्रविधिकेन्द्रले टेण्डर आव्हान गरेपछि टेण्डर मिलाइ दिने भन्दै सुदिप डागि र विकल पौडेल दैनिक टेण्डर दाता कहाँ धाउन थालेका थिए र पछि उनीहरूले प्रत्येक टेण्डरदातासँग लाखौँ रूपैयाँ लिई टेण्डर पारिदिएको स्रोतको दावी छ ।
स्रोतका अनुसार एडीवीको टेण्डर मिलाइदिन कार्यालयका सम्पूर्ण गोप्य रेकर्डहरू ल्यापटमा राखी तारे होटलमा दैनिक टेण्डरदातासँग विकल पौडेल र सुदिप डाँगि भेटघाटमा व्यस्त रहन्थे र उनीहरूलाई जसजसले माग बमोजिमको नजराना चढाए उनीहरूले टेण्डर पाए । टेण्डर पाएर काम सुरु गरेपछि प्रथम किस्तामा पाउनपर्ने रकम माग गर्न पुगेका टेण्डरदातालाई पुनः सुदिप डाँगि र विकल पौडेलले अनेक बहाना देखाएर रकम निकासा रोकिदिए, यसले सिंहदरबार हाताभित्र सुरु भएको सूचना सञ्जाल विस्तार कार्य पनि अवरुद्ध हुन पुगेको थियो तर त्यही बेलामा केन्द्रभित्रको अनियमितता र भ्रष्टाचारको समाचार सार्वजनिक हुन थालेपछि उनीहरूले अत्तालिएर रकम निकासा गरिदिएको स्रोत बताउँछ ।
सूचना प्रविधि केन्द्र भित्रको अनियमितता र भ्रष्टाचारको समाचार दर्जनौँ पत्रपत्रिका र वेवसाइटले प्रकाशन गर्दा समेत सम्बन्धित मन्त्रालय, मन्त्रिपरिषद्को कार्यालयले छानबिन र कारवाहीको लागि कुनै चासो नदेखाएपछि प्रविधि केन्द्रका कर्मचारीहरूले अख्तियारको ढोका ढकढक्याउने भएका छन् । यस विषयमा केन्द्रका एक कर्मचारी नाम गोप्य राखिदिन अनुरोध गर्दै भन्छन्– ‘केन्द्र अस्तव्यस्त भइसक्यो, कार्यालय आयो सधैँ हाकिमहरूको खप्कि खानुपर्छ । अनियमितता र भ्रष्टाचार आपूmहरु गर्छन्, समाचार सार्वजनिक भयो भनेर हामीलाई हप्काउँछन्, कति दिन सहने ? मन्त्रालयले पनि कुनै चासो देखाउँदैन । अब हामी आपैmँ तातिनु पर्ने बेला आएको छ । अब हामी आँपैm अख्तियार अनुसन्धान आयोग, सार्वजनिक लेखासमिति, राष्ट्रिय सर्तकता केन्द्र र प्रधानमन्त्री कार्यालयको ढोका घचघच्याउँछौँ भन्दै यसै साताभित्र उनीहरूले केन्द्रभित्रको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न सम्बन्धित सबै निकायहरूमा कर्मचारीको तर्पmबाट निवेदन दर्ता गर्ने बताए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com