कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

न्याय दिलाउन विभिन्न पक्षसँग माग


बागलुङ जिल्लाको पैंयुपाटा गाविस वडा नं ८ घर भई पर्वतको सदरमुकाम कुस्मावजारमा व्यावसाय गरि बस्ने पार्वती शर्माले न्याय दिलाउन विभिन्न पक्षसँग माग गरेकी छिन् ।
आफ्ना श्रीमान तुलसीराम शर्मालाई भारतीय सेनामा कार्यरत टेकवहादुर मल्लले मदिरा सेवनको समयमा मरणासन्न हुने गरि कुटपिट गरेको र अहिलेसम्म कारबाहीका लागि प्रहरीले कुनै पहल नगरेकोले न्याय दिलाउन माग गरेकी हुन् । आफुले खोलेको ढिकुटी बचतको सदस्य बनेकी कमला मल्लको घरमा मासिक बचतको रकम दिन पुगेका श्रीमानलाई समातेर टेकवहादुर उनका भाई राजीव र हरीबहादुर मल्ल समेतले कुटपिट गरेका थिए ।
उक्त घटनालाई किटानी जाहेरी दर्ता गराउन खोजेपनि जिल्ला प्रहरी कार्यालयले आलटाल गरी जाहेरी दर्ता नगरेको र बाहिरै मिल्नुस भनकोले न्याय पाउन नसकेको गुनासो गरेकी छिन् ।
उनले एक विज्ञप्ती प्रकाशित गरी मुद्दा दर्ता गरी आवश्यक क्षतिपुर्ती दिलाउन र दोषीलाई आवश्यक कारबाही गर्न माग गरेकी हुन् । उनका श्रीमान तुलसीराम अहिले फेवासीटि अस्पताल पोखरामा उपचार गराइरहेका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com