राम सुबेदी
गुल्मीको अर्खबाङ गाउँ विकास समिति वडा न.ं घर भई हाल बागलुङको राजकुत गाउँ विकास समिति स्थित श्री पञ्चासे प्राथमिक विद्यालयमा शिक्षण पेशा गरिरहेका ५५ वर्षिय सन्त केसी रहस्यमय तरिकाले मृत अवस्थामा फेला परेका छन् ।
गत चैत्र १८ गते साँझ बागलुङको दर्लिङ गा.वि.स. स्थित दर्लिङखोला स्थित एक होटलमा बास बसी गत चैत्र १९ गते विहानै आफ्नो घर गुल्मी तर्फ जाँदै गरेको अवस्थामा करिव पौने घण्टाकै बाटो नकाट्दै नजिकैको जंगल र भीर नजिक बाटो देखि तलपट्टी सोही दिन विहान करिव ७ वजेतिर बाटो हिड्ने मानिसहरुले उनलाई मृत अवस्थामा देखेका र तत्काल प्रहरी कार्यालयमा जानाकारी गराएको स्थानीयवासीको भनाइरहेको छ। सामान्य हिसावले घटनाको प्रकृति हेर्दा जंगल र भीरको बाटो भएकोले कतै ढुंगा लागेर मृत्यु भएको हो की भन्ने आंकलन मात्र गरिएपनि उनको एक खुट्टा भाँचिनु, ढाड भाँचिनु र शरीरमा थप चोट देखिनुले सो को अनुसन्धान जारी राखिनु पर्नेमा मृतकहरुका आफन्तहरुले प्रशासन समक्ष माग राखेका छन् । साथै उनीहरुले मृतक केसी माथि कसैले कसुर गरेको भन्नेमा बढी आशंका रहेको बताउँदै आएका छन् । मृतक केसीको सवलाई बुर्तिबाङ ल्याएपछि उनका आफन्तहरुको रोहवरमा पोष्टमाटम गरि अन्तयष्टि समेत गरिसकिएको छ भने घटनाको थप विवरण र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट अनुसन्धान जारि राखिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्सपेक्टर वीर बहादुर पुलामीले बताउनुभएको छ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com