कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

ढोरपाटन एफएफको निर्माण कार्य तीव्र


राम सुबेदी
बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङबाट नव वर्षसँगै परीक्षण प्रशारण गरिने भनिएको सामुदायिक रेडियो ढोरपाटन एफ.एम. १०४.१ मेगाहर्जको निर्माण कार्य तीव्र गतिमा सम्पन्न हुँदै गरेको छ।
‘वातावरणीय शिक्षा र स्वास्थ्यका लागि हाम्रो अभियान, जनजनको आवाज, १०४.१ मेगाहर्ज रेडियो ढोरपाटन‘ भनने नाराका साथ बुर्तिबाङ–३ स्थित अर्नाकोट डाँडामा ६० फिट अग्लो टावर निर्माण गरी बुर्तिबाङ बजारमा स्टेशन निर्माण गरी प्रशारण ल्याइने उक्त रेडियो बागलुङको प्राय पश्चिमी गा.वि.स.हरु अधिकतम, गुल्मी प्युठान, रुकुम, रोल्पा, म्याग्दी, पर्वत, पाल्पा र अर्धाखाँची सम्म सुन्न सकिने अनुमान रहेको रेडियोका स्टेशन म्यानेजर खडक कुवँरले बताउनु भएको छ।
हाल स्टेशन निर्माण कार्यसँगै टावर निर्माण कार्य समेत तिब्र गतिमा हुँदै गरेको र नव वर्षसँगै तत्काल परीक्षण प्रशारणमा ल्याइने समेत कुवँरले बताउनुभएको छ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com