कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादी जनविद्रोहका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ

नेपाल कम्युनिष्ट पार्टी माओवादी जनविद्रोहका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको जगातीमा बैठक बसिरहेको अवस्थामा प्रहरीले छापामारी उनीहरुलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले भक्तपुरको जगातीमा रहेको एक घरमा बैठक बसिरहेका माओवादी जनविद्रोह समूहका अध्यक्ष गिरवान, उपाध्यक्ष मुक्ति, सैन्य कमान्डर अखन्ड, सचिव रिजवानलगायत् पाँच जनालाई हतियार र बन्दोबस्तीका सामग्रीसहित पक्राउ गरेको हो।

उनीहरुको साथबाट दुई वटा पेस्तोल र दस्तावेजहरु बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायव उपरिक्षक सुमेन्द्रसिंह राठोरले जानकारी दिनुभएको छ।
sources:ekantipur

No comments:

Post a Comment

kushmabajar.blogspot.com