कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङको पश्चिम क्षेत्र अधिकारीचोैरको जंगलमा छ महिनापछि लास फेला

राम सुवेदी /बुर्तिबाङ

             बागलुङको पश्चिम क्षेत्र अधिकारीचोैरको जंगलमा छ महिनापछि लास फेला परेको छ । अधिकारीचौर- ४ बस्ने २५ वर्षिय खिमकुमारी क्षेत्रीको उक्त लास चैत्र ३ गते फेला परेपछि इलाका प्रहरी कार्यलय बुर्तिबाङले सनाखत गरेकेा हो । निज खिमकुमारी गत असौज महिनाको १९ गते आफन्त भेट्न खोलेस्बाङतिर हिडेको र सोही समयमा आफ्ना देवर पनि परेवा खोज्न हिडेको अवस्थामा जंगलमा म दिशापिसाब गर्न बस्छु तपाई हिड्नुहोस् भनी देवरलाई भनेपछि सोही समय देखि उनी फर्केर घर नआएपछि लापत्ता भएकी थिइन् । आफन्तजन र गाउँलेहरु मिलेर दुई दिनसम्म उनको खोज तलास गरेता पनि फेला पार्न सकेका थिएनन् ।
गाउँका स्थानिय मानिसहरुले यति लामो समयपछि जंगलमा उक्त लास फेला पारेपछि त्यो लास निज खिमकुमारी कै हुनसक्ने अन्दाज गरी प्रहरी प्रशासनलाई जानकारी दिएका थिए । अस्थिपाजर बनी सकेको उक्त लास उनले लगाएको कपडाबाट मात्र सनाखत भएको थियो । पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइएको उक्त लासलाई त्यहाँबाट पोष्टमाटमको लागि शिक्षण अस्पताल महाराजगाज
काठमाण्डौ रिफर गरिएको छ । ति महिलाको कसरी र कसले हत्या गर् यो भन्ने सम्बन्धमा अनुसन्धान कार्य जारी भएको कुरा इलाका प्रशासन कार्यलय बुर्तिबाङले जनाएको छ । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com