कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मरणासन्न हुने गरी कुटपिट गर्नेहरु विरुद्ध मुद्दा दर्ता गर्न प्रहरीव्दारा अस्वीकार


तीन जना मिलेर सदुमुकामका एक व्यापारीलाई मरणासन्न हुने गरे कुटपिट गर्नेहरुलाई पीडितले किटानी जाहेरी िदंदापनि जिल्ला प्रहरी कार्यालय पर्वतले जाहेरी दर्ता गर्न आलटाल गरेको छ । बागलुङको पैयुँपाटा-८का तुलसी लामिछानेको कुटपिटमा संलग्न तीन जना विरुद्ध पीडित आफन्तले दिएको किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले अस्विकार गरेको हो ।
कुश्मा बजारमा फेन्सी पसल गरी बस्ने लामिछानेलाई बुधवार भारतीय सेनामा कार्यरत बागलुङको भकुण्डे-९का राजीव मल्ल हरि मल्ल्ा र टेकबहादुर मल्ल्ाले कुटपिट गरेका थिए । कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी लिएर घाईतेका आफन्त प्रहरीकोमा गएपनि पर्वतका प्रहरी प्रमुख हरिराज वाग्लले उजुरी दर्ता गर्न नमानेको घाईतेका भाई नरिश्वर लामिछानेले बताए । उनले घाईतेका आफन्तले दबाबमा परेर प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको आरोप लगाए ।
बुधवार राती लामिछानेलाई तीन जनाले पर्वतको शिवालयचोकमा कुटपिट गरेपछि घाईतेलाई थप उपचारको लागि पोखरास्थित फेवासिटी अस्पतालमा पठाईएको छ ।
उजुरी दर्ता गर्न नमानेको विषयमा भने पर्वतका प्रहरी प्रमुख हरिराज वाग्ले उम्किने प्रयास गरे । मुद्दा दर्ता गर्न नमानेको होईन प्रहरी वाग्लेले भने घाईतेका आफन्तलेनै घाईतेको अवस्था बुझेपछि किटानी जाहेरी दिन्छौँ भनेका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com