शोभा शर्मा बस्ताकोटी
मुस्ताङ
म्याग्दी जिल्लाको सदरमुकाममा जनहित टे«निङ्ग एण्ड टे«डिङ्ग पोखरा आर्थिक सहयोग र म्याग्दी जेसीजले आयोजना गरेको ६५ दिने ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम शुक्रबार देखि बेनीमा सुरु भएको छ ।
तालिमको उद्घाटन गदै अर्थुङ्गे गाविसका सचिव कृष्णबहादुर कार्कीले सामाजिक र आर्थिक विपन्न भएकाले सानो लगानीमा राम्रो आम्दानी गर्न सक्ने भएकाले सिकेका ज्ञानलाई ब्यवाहारमा उर्तान आग्रह गरे ।
तालिममा सहभागिले पछिल्ला दिनमा स्वदेश तथा विदेशमा रोजगारमा जानेका लागि ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियनका क्षेत्रमा निकै राम्रो भएकाले तालिम निकै उपलब्धि मुलक हुने बताएका थिए ।
सो तालिममा नागरिक समाज म्याग्दीका अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ, जनहित टे«निङ्ग एण्ड टे«डिङ्गका नन्दलाल अधिकारीले तालिमपछि ब्यवसायीक रुपमा लाग्न सहभागिलाई आग्रह गरेका थिए ।
कार्यक्रममा म्याग्दी जेसिजका पुर्व अध्यक्ष धनन्जय कुमार श्रेष्ठ,सुरत श्रेष्ठ,उत्तम कर्मचार्य, सुविन श्रेष्ठ, दलित बर्ग उत्थान समन्यन समितिका उपाध्यक्ष गब्य परियार, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी लगाएतको सहभागिता हरेको थियो ।
।
सो तालिममा ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियनमा ४५ जनाको सहभागिता रहेको छ । तालिमको म्याग्दी जेसीजका कार्यवाहक अध्यक्ष रामकृष्ण बराइली,स्वागत कार्यकारी उपाध्यक्ष रस्मिता श्रेष्ठ र सञ्चालन महासचिव भिमसेन बराइलीले गनुभएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com