दिननाथ बराल-पोखरा
संचार केन्द्र पोखरामा बिगत एक हप्ता देखि रगतको अभाव भएको छ । केन्द्रबाट दैनिक जसो करीब २५ देखि ३० युनिट रक्त खपत हुदै आए पनि रक्तदान कार्यक्रमबाट प्राप्त मात्रमा रक्त संकलन हुन नसक्दा रगतको अभाव भएको केन्द्रका प्रमुख चेत गुरुङले बताउनु भयो । केन्द्रमा एक हप्ता देखि ओ पोजेटीप रगतको अभाव भएको छ भने ए पोजेटीप २ पोका, एबी पोजेटीप ३ पोका, बी पोजेटीप एक पोका रगत भएको केन्द्रका ल्याप टेक्नीसियन मादव पोखरेले बताउनु भयो । बिगत लामो समय देखि नेगेटिप रगतको अभाव भएको केन्द्रले जनाएको छ । यसैबिच, रक्तदान ! “यसपाली चाहीं म छुटाउदीन” भन्ने मुल नाराका साथ रेडियो अन्नपुर्ण ९३.४ मेगाहर्जले भोलि शनिबार आफ्नै परिसरमा आयोजना गर्न लागेको खुल्ला रक्तदान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।
रेडियोको बाषिर्क कार्यक्रम अनुसार शनिबार आयोजना हुन लागेको उक्त रक्तदान कार्यक्रमको अन्तीम तयारी पुरा भएको कार्यक्रम संयोजक आरजु विष्ट शल्यानीले बताउनु भएको छ । शान्ति र विकासका लागि संचार रेडियो अन्नपुर्णको परिसरमा शनिबार बिहान ७ बजे देखि दिउँसो २ बजे सम्म संचालन हुने रक्तदान कार्यक्रममा सहभागि हुन सबैलाई रेडियोले आव्हान गरेको छ । रक्तदान कार्यक्रम रेडियोले आफ्नो स्थापनाकाल देखि नै प्रत्यक बर्षआयोजना गर्दै आएको छ । गत बर्ष५ सय ३ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमबाट धेरै रक्त संकलन गर्नू भन्दा पनि नयाँ पिढिहरुलाई रक्तदान गर्नूपर्दछ भन्ने भावना जागृहत गराउन रेडियोले बर्षोनी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको रेडियोले जनाएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com